Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपा कास्कीका नेता राजु राईले छोडे पार्टी

रास्वपा कास्कीका नेता राजु राईले छोडे पार्टी

images
  • रास्वपा कास्कीका नेता राजु राईले छोडे पार्टी
    images
    images

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छोडेका छन् ।

    images
    images
    images

    बिहीबार सामाजिक सञ्जालमार्फत नेता राईले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले भनेका छन्- 'राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खर्च गर्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।'

    images
    images
    images

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की- १ मा रास्वपाका उम्मेदवार राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए । सोही निर्वाचनमा रास्वपाले उक्त क्षेत्रमा समानुपातिकतर्फ १५ हजार ८६४ मत प्राप्त गरेको थियो ।

    images
    images
    images

    यसपटक पनि उनी उम्मेदवारको दाबेदार रहेपनि उनले टिकट पाएनन् । यस निर्वाचनमा रास्वपाबाट कास्की-१ मा खड्क राज पौडेल उम्मेदवार बनेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।