देवदह । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) देवदह नगरकमिटीको बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचनमा महिला सहभागीताको विषयमा अभियान संचालन गर्ने निर्णय गरेको नगर संयोजक सुन्दरी गिरीले जानकारी दिईन् ।
अनेमसंघ क्रान्तिकारी रुपन्देही जिल्ला संयोजक टीका वलिको प्रमुख आतिथ्यता, प्रदेशसभा सदस्य दिपा बि.कको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले
निर्वाचन केन्द्रित हुने निर्णय गर्दै संगठन विस्तारमा जोड दिने निर्णय गरेको बताईएको छ ।
बैठकमा सुशिला आले संचालन तथा प्रेमकला ढकालको स्वागत मन्तव्य रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology