रमेश बहादुर सिह, बझाङ । जयपृथ्वी नगरपालिका १० का वडा अध्यक्ष दल बहादुर बिष्ट ( कृष्ण ) ले स्थानीय तहमा निर्वाचित भएदेखि आफुले पाउदै गरेको मासिक पारिश्रमिक र भत्ता सत्यबादी माध्यमिक विद्यालय भोपुरलाई हस्तान्तरण गरेका छन् । वडाध्यक्ष बिष्टले पाँच बर्षमा आफुले प्राप्त गरेको तलब भत्ताको रकम भन्दै १५ लाख नगद हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।
नेपाली काङ्ग्रेसबाट बिष्टले एक कार्यक्रमबिच "कृष्ण पुष्पा फाउन्डेसनको "छात्रवृत्ति अक्षय कोषमा रहने गरि विद्यालयलाई रकम हस्तान्तरण गर्दै आफ्नो विगत स्मरण गरे । आफुले भोगेको गरिबीलाई सम्झिदै उनले बाल्यकालमा चरम गरिबीका कारण उच्च शिक्षाको अध्ययन गर्न समेत नपाएको भन्दै कार्यक्रममा निकै भाबुक भएका थिए ।
जनप्रतिनिधि भइसकेपछि ५ वर्षको अबधिमा राज्यले तोकेको सेवा सुबिधा आफुले अध्ययन गरेको विद्यालयको कोषमा जम्मा गर्न पाउँदा निकै गौरव महसुस भएको उनले बताएका छन् ।
वडाध्यक्ष बिष्ट निर्माण व्यवसायी र उद्यमी समेत हुन् ।सदरमुकाम चैनपुरमा केपि प्लाजा, केपि फाउन्डेसन, केपि कन्ट्यक्सन लगायत उनका थुप्रै व्यवसाय रहेका छन्न ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology