रमेश बहादुर सिंह, बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका १ का वडाध्यक्ष र नारायण मावि पिमीका प्रधानाध्यापक लगायत ४ जना प्रहरी हिरासतमा छन । नक्कली नागरिता बनाउन सिफारिस गर्ने वडा सचिब करन बिक, बनाउन सहयोग गर्ने लेखापाल अजय बहादुर सिंह, हस्ताक्षर गर्ने वडा अध्यक्ष गगन बहादुरलाई प्रहरीले प्रकाउ गरेको छ ।
साथै सात बर्षको उमेरमै ८ कक्षा पास भएको मार्कसिट बनाईदिने प्रअ ऐन बहादुर सिंह पनि प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पहिला २०६८ सालमा एसएलसी दिएर
फेल भएको ब्यक्तिलाई नक्कली मार्कसिट बनाएर नेकपा एमालेका केही नेता कार्यकर्ताहरुले नेपाल प्रहरीमा जागिर लगाईदिने आश्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको उनका आफन्तले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट पहिलो पटक नागरिकता लिँदा सतेस बहादुर सिंहको नामबाट लिएको र अहिले उनै ब्यक्तीको नाम परिवर्तन गरि नागरिता लिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology