रमेश बहादुर सिंह, बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागी आवेदन खुल्ला गरेको छ । एमविविएस पढ्न चाहने जयपृथ्वी नगरपालिकाभित्रका विद्यार्थीहरुका लागी घोषणा गरिएको एमविविएस छात्रवृति अन्र्तगत यस वर्षको छात्रवृत्रीका लागि आवेदन खुल्ला गरिएको हो ।
विज्ञान संकायबाट कक्षा १२ पास गरेका र नेपाल सरकारले लिने एमविविएसको प्रवेश परिक्षामा नाम निकालेका विद्यार्थीहरुलाई नगरपालिकामा यही साउन १८ गतेभित्र आवेदन दिन नगरपालिकाले सुचना जारी गरेको छ ।
छात्रवृती पाउनेहरुका लागी कक्षा ६ देखी कक्षा १० सम्म नगरपालिकाभित्रका माध्यामिक विद्यालयमा पढेको हुनुपर्ने र जुनसकै विद्यालयबाट भएपनि विज्ञान विषयमा १२२ पास गरेको जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ ।
जिल्लामा दक्ष एमविविएस डाक्टरको संख्या न्युन रहेको र स्वास्थ्य क्षेत्रमा टेवा पुर्याउने उदेश्यले नगरपालिकाको लगानीमा एमविविएस पढाउन लागिएको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताए ।
विपन्न वर्गका विद्यार्थीलाई डाक्टर बनाएर स्वास्थ्य क्षेत्रमा नगरपालिकालाई अब्बल पालिकाको रणनिती भएको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology