Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा विश्व नेवा: दिवस मनाईयो

देवदहमा विश्व नेवा: दिवस मनाईयो

images
  • देवदहमा विश्व नेवा: दिवस मनाईयो
    images
    images

     देवदह । देवदहमा नेवा दिवस मनाईएको छ । झिगु नेवा गुठी देवदह १ को आयोजनामा नेवा: पुच देवदहले नगरपालिकाको वडा नं.१ स्थित सामुदायिक भवनमा एक कार्यक्रमविच ५औं विश्व नेवा दिवस मनाएको हो ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले नेपाल विविधताले सम्पन्न मुलुक भएकोले सबै जात- जाति तथा समुदायको धर्म-संस्कृतिको रक्षा र विकासका लागि नगरपालिकाले सोही अनुसार नीति तथा कार्यक्रम अगाडि सारेको बताईन् । नेवार समुदायको आफ्नै धर्म, संस्कृति तथा आर्थिक प्रणाली समेत रहेको बताउँदै गुरुङले नेवा जस्ता समुदायकै कारण नेपाल सांस्कृतिक रुपमा धनी भएको उल्लेख गरिन् ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका वडा नं. का अध्यक्ष रमेश शर्मा भुसाल, समाजसेवी बाबुराम पंगेनी, नेवा पुच देवदहका अध्यक्ष कुशल श्रेष्ठ, केरवानी खानेपानीका अध्यक्ष बोधराज गौडेल, आदिवासी जनजाति महासंघ देवदह अध्यक्ष मीना श्रेष्ठ, नेवा पुचका जिल्ला अध्यक्ष टोपनारायण श्रेष्ठ लगायत स्थानीय नेवार समुदायका अगुवाले बोल्दै नेवा संस्कृति र समुदायको ऎतिहासिकताबारे चर्चा गरेका थिए ।

    images
    images
    images

    गुठीका अध्यक्ष हिमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव राजकुमार श्रेष्ठको संचालन तथा कोषाध्यक्ष केशुमाया श्रेष्ठको स्वागत रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।