Logo

२०८३, आश्विन १०गते


images
images

भगवानपुर-धकधई-खैरेनी सडकखण्ड निर्माणबारे देवदहमा छलफल

भगवानपुर-धकधई-खैरेनी सडकखण्ड निर्माणबारे देवदहमा छलफल

images
  • भगवानपुर-धकधई-खैरेनी सडकखण्ड निर्माणबारे देवदहमा छलफल
    images
    images

    देवदह । भगवानपुर-धकधई-खैरेनी सडकखण्ड निर्माणबारे देवदहमा छलफल भएको छ । देवदह नगरपालिका, लुम्विनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालय र एशियाली विकास बैंकका प्रतिनिधिहरूको विचमा मंगलबार देवदह नगरपालिकामा छलफलमा भएको हो ।

    images
    images
    images

    खैरेनीदेखि धकधई हुँदै भगवानपुरसम्मको करिव २३ किलोमिटर सडक एशियाली विकास बैंकको सहयोगमा निर्माण हुने जनाइएको छ । दुई लेनको उक्त सडकको पहिलो चरण अन्तर्गत बाटोको सर्वे, डिजाईन, फिल्डको अध्ययन भईरहेको लुम्विनी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । जग्गाको उपलव्धता भएमा खैरेनी धकधई सडक सयममै निर्माण हुने बताउँदै सचिव श्रेष्ठले प्रारम्भिक सर्वेले करिब ४० वटा भौतिक पुर्वाधार भत्काउने पर्ने देखिएकोले त्यसबारे कसरी जाने भन्नेमा छलफल गरेर टुङ्याउनुपर्ने बताएका थिए ।

    images
    images
    images

    त्यसैगरी एशियाली विकास बैकका प्रतिनिधि लक्ष्मीप्रसाद सुवेदीले बैंकको अनुदानको मापदण्ड तथा परियोजाको वारेमा जानकारी गराउँदै सडक गरिबी निवारणमा सहयोगी हुनुपर्ने विचार राखेका थिए  । 

    images
    images
    images

    देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको उक्त छलफलमा उपपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलवासे, नगर प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, वडाअध्यक्ष पदम थापा, दीपक चापागाई, रमेश भूषाल, धर्मागत पाण्डे, नेकपा एमालेका नेता कृष्णराज पौडेल, नेपाली कांग्रेसका गुनाखर भुर्तेल, नेकपा माओवादी केन्द्रका गोविन्द ठडराई, लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।