राहुल देव सापकोटा, देवदह ।देवदह नगरपालिका वडा नम्बर ५ मा सञ्चालनमा रहेको शिव कल्याण डेरी एण्ड दाना पसलको प्रशोधन उप आयोजना सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय , नेपाल लाइफस्टक सेन्टर इनोभेसन आयोजना र विकेन्द्रीत आयोजना सहयोग इकाइ बुट्वलको सहयोगमा आयोजना सँचालन गर्न लागिएको हो ।
देवदह दुग्ध उत्पादनको पकेट क्षेत्र रहेको र याहाका किसानहरुको मिहिनेतलाइ अझ हौसाल प्रदान गर्नकालागी उक्त आयोजना संचालनमा ल्याउन लागिएको शिव कल्याण डेरी एण्ड दाना पसलका संचालक गुणाखर भुर्तेलले बताए ।
दुध र दुध बाट उत्पादन हुने परिकारलाइ स्थानिय बजारमै आधा भन्दा धेरै पुर्याउने र बाकी रहेका लाई अन्य बजारमा पुर्याइ यो आयोजना संचालन गरिने उन्ले बताए ।
एस्ता आयोजनाले कृष्कलाइ धेरै सहयोग र हौसला मिलेको एक किषानले बताए ।
कृष्क र स्थानियबासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology