देवदह । देवदह नगरपालिकामा टाइफाइड रोग विरुद्धको खोप लगाईने भएको छ । टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइट खोप सुरुवात सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरि नगरपालिका स्तरिय खोप समन्वय समितिले सो बारे जानकारी गराएको छ ।
कार्यक्रमबारे जानकारी दिंदै देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले भोलि अर्थात् चैत २२ गतेदेखि २८ गतेसम्म खोप कार्यक्रम संचालन हुने बताए । उनका अनुसार देवदहमा ३६ वटा खोपकेन्द्रबाट १५ महिना देखि १५ बर्षसम्मका १७ हजार ८ सय ३२ जनालाई खोप लगाईने छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका चिकित्सक, देवदह मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट, देवदह स्वास्थ्य चौकी, केरवानी स्वास्थ्य चौकी तथा सिक्टहन स्वास्थ्य चौकीका ईन्चार्ज लगायतले टाईफाईड रोगलाई शुन्यमा झार्ने उद्देश्य अनुरूप उक्त खोप ल्याईएको बताए । जानकारका अनुसार उक्त पटक मात्रै लगाए पुग्छ ।
देवदह नगरपालिकाका सबै वडाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक समेत रहेका नगरप्रमुख हिरा बहादुर खत्रीले सबै नागरिकलाई पायक पर्ने स्थानमा बालबालिकाको स्वास्थ्य संबेदनसिलताको ख्याल गर्दै खोप अभियान संचालन गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology