देवदह । देवदहको खैरेनीमा जेसीवीले बिजुलीको पोलमा ठक्कर दिएको छ । सुनवलको ज्यामीरेबाट बुटवलतर्फ जाँदै गरेको लु १ क ५१४४ नम्बरको जेसीवीले पोललाई ठक्कर दिंदा विद्युत प्रशारण अबरुद्ध भएको छ ।
गुल्मी घर बताउने १८ बर्षिय मिलन खत्रीले चलाएको जेसीवीले विजुलीको पोललाई ठक्कर दिएको हो । जेसीवी नियन्त्रणमा लिईएको र ड्राईभर तथा सवारी धनीको खोजी भैरहेको देवदह प्रहरी चौकीले जनाएको छ ।
जेसीवी चलाएका खत्रीका अनुसार उक्त साधन ड्राइभरटोल निवासी गोपाल थापाको हो । काम सकिएपछि ड्राइभरले जेसीवी छोडेर आउन भनेकोले आफुले गाडी लिएर आएको खत्रीले बताएका छन् । १८ बर्षका खत्रीसंग सवारी लाइसेन्स छैन ।
विद्युतको पोलमा ठक्कर दिएपछि पोल पुर्णरूपमा क्षतिग्रस्त भएको छ । जसले गर्दा खैरेनी आसपासको क्षेत्रमा विद्युत प्रशारण अबरुद्ध भएको नेपाल देवदह कार्यालय देवदहले जनाएको छ ।
बिचबाट भाँचिएको उक्त पोल मर्मत नहुने र त्यसको स्थानमा अर्को पोलको व्यवस्थापन गर्नुपर्ने भएकोले भोलिमात्रै नियमित विद्युत सुचारु हुनसक्ने विद्युत कार्यालयले बताएको छ । विद्युत कार्यालयका प्राविधिकका अनुसार बुद्धचोक र खैरेनी ट्रान्सर्फमरको सेवा अबरुद्ध हुनेछ ।
जेसीवी चलाएका १८ बर्षिय किशोर मिलन खत्रीले आफुलाई कुनैपनि चोटपटक नलागेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology