Logo

२०८३, आश्विन १०गते


images
images

मगर संघद्वारा जेष्ठ नागरिक सम्मान तथा मगर परिचयपत्र वितरण

मगर संघद्वारा जेष्ठ नागरिक सम्मान तथा मगर परिचयपत्र वितरण

images
  • मगर संघद्वारा जेष्ठ नागरिक सम्मान तथा मगर परिचयपत्र वितरण
    images
    images

    देवदह । नेपाल मगर संघ देवदह वडा नं. ५ ले जेष्ठ नागरिक सम्मान तथा मगर परिचयपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमविच संघका जिल्ला सदस्य केशर बहादुर पुनको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    सो क्रममा ४ सय १६ घरधुरी मगर समुदायलाई मगर परिचयपत्र वितरण गरिएको ५० बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको संघका देवदह नगरसमिती सल्लाहकार प्रेम थापाले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुनले आगामी निर्वाचनमा मगर समुदायले आफ्नो जाति र समुदायको मुक्तिका लागि सहयोग गर्ने दल र उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताएका थिए । मगर समुदायका मुद्दाहरू विशिष्ट रहेको उल्लेख गर्दै पुनले समुदायले दल भन्दामाथि उठेर सोच्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    देवदह नगरपालिकाभित्र १५ हजार बढी मतदाता रहेको मगर समुदायको वडा नं. ५ मा १६ सयको हाराहारीमा मतदाता रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।