Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा आवासीय माविको शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

सगरमाथा आवासीय माविको शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

images
  • सगरमाथा आवासीय माविको शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न
    images
    images

    राहुल देव सापकोटा, देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ को आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच शुभकामना तथा विदाई गरिएको हो । 

    कार्यक्रममा आफ्ना शुभकामना वक्तव्यहरु राख्दै वक्ताहरुले विद्यार्थीहरुले सकारात्मक कुरालाई आत्मसाथ गर्न सके जीवन सार्थक हुनेमा जोड दिएका थिए । समाज र राष्ट्रको विकासमा विद्यार्थीहरु लाग्नु पर्ने बताउदै उच्च शिक्षाको लागि शुभकामना व्यक्त गरेका थिए। संस्कार सहितको शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्नेमा वक्ताहरुको जोड रहेको थियो ।

    सोही अवसरमा बोल्दै सगरमाथा कलेजका संचालक तथा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदहलाई शिक्षा मैत्री बनाउन विकास गर्न नगरपालिका लागिरहेको बताए । खत्रीले शिक्षा संगै प्राप्त गरेको सीपलाई व्यवहारमा उर्तान सके आत्मनिर्भर बन्ने उल्लेख गरे । विद्यार्थीहरुले उच्च शिक्षा सँगै समाजमा रहेका विकृति विसंगति अन्त्यको लागि सक्रिय हुनु पर्नेमा जोड दिएका थिए।

    कक्षा ११ का विद्यार्थी भावना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सगरमाथा क्याम्पस संचालक समितिका अध्यक्ष ऋषिराम सापकोटा, विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल, क्याम्पस संचालक शिवप्रसाद ढकाल लगायतले आ–आफना भनाई राखेका थिए ।

    कार्यक्रममा बिभिन्न अतिरिक्त क्रियाकलापका उत्कृष्टहरुलाई अवार्ड समेत प्रदान गरिएको थियो । सगरमाथा क्याम्पसका सहायक प्रमुख प्रदिप अधिकारीको स्वागत, रोहित वाग्ले र खुसी विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # सगरमाथा मा.वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।