देवदह । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेसँगै दलहरु उम्मेदवारी टुङ्ग्याउने तथा मनोनयन दर्ता गर्ने चटारोमा छन् ।
यता रुपन्देहीको देवदह नगरपालिकामा भने विशेष गरि कांग्रेस र नेकपा एमालेबाट असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो निर्वाचनमा वडा नम्बर ७ मा नेकपा एमालेबाट अध्यक्षमा बिजयी तथा हालका समेत अध्यक्ष पदका दाबेदार पदम थापाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कांग्रेस वडा नम्बर ६ का सभापती रुकात्मक भारतीले पार्टीबाट राजिनामा दिएर वडा नम्बर ६ को अध्यक्षका रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गरिसकेका छन् ।
त्यस्तै नेकपा एमाले वडा नम्बर १ का अध्यक्ष पदका दाबेदार हरी कुमार तामाङ्गले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले वडा नम्बर ५ का अघिल्लो कार्यकालका सदस्य तोलराज बि.क.ले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यता वडा नम्बर ७ मै नेकपा एमालेबाट बिजयी पुर्व कार्यपालिका सदस्य बन्दु कुम्हालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य स्वतन्त्र उम्मेदवारहरुको पूर्ण बिवरण भने आउन बाँकी नै छ । निर्वाचनमा पार्टीबाटै यसरी स्वतन्त्र उम्मेदवारहरु आउने अवस्थाले दलगत राजनीतिको व्यवस्थापनभित्रै शंका गर्नुपर्ने अवस्था आएको छ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology