Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपा अराजक जमातको अस्थायी गठजोड हो- बादल

रास्वपा अराजक जमातको अस्थायी गठजोड हो- बादल

images
  • रास्वपा अराजक जमातको अस्थायी गठजोड हो- बादल
    images
    images

    काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका छन् ।  

    images
    images
    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन्  ।  

    images
    images
    images

    साथै उनले रास्वपाको सफलता एआई र अल्गोरिदमको जादु, विश्व भू-राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम भएको दाबि गरे । 

    images
    images
    images

    उनले भने- 'प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो । यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू-राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’

    साथै नेता थापाले नेपाली सेनाको आलोचना गर्दै आफ्नै परमाधिपतिको निवास जल्दा मौन रहेको सेना सुकुम्बासीको बस्तिमा किन गएको भन्दै प्रश्न गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # बादल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।