Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन, मेयर र उपमेयर बाँडफाँड

देवदहमा कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन, मेयर र उपमेयर बाँडफाँड

images
  • देवदहमा कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन, मेयर र उपमेयर बाँडफाँड
    images
    images

    देवदह । देवदहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विच गठबन्धन हुनेभएको छ । दुबै पार्टीको प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार गठबन्धन हुन लागेको पार्टीस्रोतले जनाएको छ ।

    images
    images
    images

    बुधबार दिउँसो देवदहमा बसेको दुई दलको नगरस्तरिय बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले बताए । सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेसलाई नगरप्रमुखमा हिराबहादुर खत्रीलाई सहयोग गर्नेछ भने, कांग्रेसले माओवादी केन्द्रलाई उप-प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेपनि केहि वडामा भने गठबन्धन नहुने भएको छ । वडास्तरमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि प्रमुख र उपप्रमुखमा सहमति कायम भएको बैठकमा सहभागी एक नेताले बताए । 

    images
    images
    images

    सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठटराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिनेछन् भने नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनेछन् । स्रोतका अनुसार उम्मेदवारी फिर्ता लिने सहमति पत्रमा दुबै उम्मेदवारले हस्तान्तर गरिसकेका छन् ।

    images
    images
    images

    कांग्रेस र माओवादी केन्द्र विच गठबन्धन भएपनि सत्तागठबन्धनमा सहभागी अन्य दलसंग भने सहमति भैसकेको छैन ।

    स्मरण रहोस्, गत निर्वाचनमा समेत कांग्रेस र माओवादी केन्द्रविच देवदहमा प्रमुख र उपप्रमुख विच सहमति भएको थियो । प्रमुखमा कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले जितेका थिए भने उप-उमेरमा माओवादी उम्मेदवार टीका न्यौपाने पराजित भएकी थिईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।