Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा गठबन्धनको घरदैलो : विकास र समृद्धिका लागि आफुहरूलाई मतदान गर्न अपिल

देवदहमा गठबन्धनको घरदैलो : विकास र समृद्धिका लागि आफुहरूलाई मतदान गर्न अपिल

images
  • देवदहमा गठबन्धनको घरदैलो : विकास र समृद्धिका लागि आफुहरूलाई मतदान गर्न अपिल
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख र उपप्रमुख  पदका उम्मेदवार हिराबहादुर खत्री र सुन्दरी गिरिले वडा नं ८ मा घरदैलो कार्यक्रम गरेका छन् । पुर्व निर्धारित समय अनुसार गठबन्धनले बिहान ७ बजे देखि साँझ ७ बजेसम्म घरदैलो गरेको हो ।

    images
    images
    images

    मतदातासंग भेट गर्ने क्रममा देवदहका निवर्तमान प्रमुख समेत रहेका खत्रीले त्यहाँको आवश्यकता र विकास निर्माणका बारेमा कुराकानी गरेका थिए । विकास निर्माणका काम निरन्तर चलिरहने भन्दै आफु नगरको प्रमुख रहँदा पनि विकास निर्माणका काममा निरन्तर लागेको बताउदै उनले आगामी दिनमा पनि निरन्तर नगरवासीको सेवामा खटिने प्रतिबद्धता जनाएका थिए ।  

    images
    images
    images

    सोही क्रममा संयुक्त गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार  सुन्दरी गिरीले वडा नं. ८ स्थित मुखिया टोलमा रहेको समर्पण युवा क्लवका सदस्यहरुसंग भेटभाट गरेकी थिईन् । सो क्रममा क्लवका पदाधिकारी एवं सदस्यहरूले आफनो टोलको विकास निर्माणको समस्या सामाधानको लागि माग पत्र हस्तान्तरण गरेका थिए । माग पत्र ग्रहण गर्दै उमेदवार खत्रीे र गिरीले युवाहरु देशका कर्णदार मात्र नभएर विकास निर्माणका साभेदार पनि भएको भन्दै विकास निर्माणका काममा युवाहरुसंगै हातेमालो गर्दै अगाडी बढ्ने बताएका थिए । 

    images
    images
    images

    घरदैलो अभियानमा नागरिकसंग कुरा गर्दै दुबै उम्मेदवारले अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने काम गठबन्धनकै पालामा सुरु भएको बताएका थिए ।  जग्गा नाप जाँचको काम देवदह नगरपालिकामा सुरु भैसकेको बताउँदै उनीहरूले छिटै सबैको हात हातमा लालपूर्जा आउने बताएका थिए । वडा नं. ८ संगै गठबन्धन टोलीले देवदह नपा वडा नं ३ का केही भागमा पनि घरदैलो गरेको छ ।

    घरदैलो कार्यक्रम कै विचमा मिडियाकर्मीसंग कुरा गर्दै प्रमुख र उपप्रमुखका उम्मेदवारहरूले देवदहको विकास र समृद्धि नै आफुहरूको सपना भएको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।