Logo

२०८३, आश्विन १०गते


images
images

उम्मेदवारको घरदैलो : कार्यकर्ताहरू जनगुनासो टिप्दैनन्, हल्ला गर्छन्, नाच्छन र धुलो उडाउँछन्

उम्मेदवारको घरदैलो : कार्यकर्ताहरू जनगुनासो टिप्दैनन्, हल्ला गर्छन्, नाच्छन र धुलो उडाउँछन्

images
  • उम्मेदवारको घरदैलो : कार्यकर्ताहरू जनगुनासो टिप्दैनन्, हल्ला गर्छन्, नाच्छन र धुलो उडाउँछन्
    images
    images

    देवदह । सडकमा गुड्ने सार्वजनिक सवारी बाहेक अधिकांश निजि सवारी साधनहरूमा कुनै न कुनै दलका झण्डा लगाईएका छन् । सर्वसाधारण चढ्ने अटो देखि घरका छतसम्म चुनावी झण्डा फहराईएका छन् । त्यतिमात्र होईन, चुनावी प्रचार ध्वनीले जताततै कोलाहल छ । 

    images
    images
    images

    तर, दलका कार्यकर्तालाई यी सबै कुरासँग सरोकार रहेको देखिन्न । उनीहरू घरदैलोमा नाचिरहेका छन् । यस्तो लाग्छ, उम्मेदवारसंगै हिड्ने कार्यकर्ताहरूको काम नै बजाउँने र नाच्ने हो । उनीहरूलाई मतदाताका गुनासो सुन्ने, नोट गर्ने र भोलिका दिनमा ती गुनासोहरू हल गर्ने कुरामा कुनै चासो र चिन्ता देखिदैन । मात्रै उम्मेदवारको अघिपछि हिड्ने उक्त भिडले  ठुलो आवाजमा प्रचार सामग्री बजाउँछ । सडकमा उफ्रिन्छ र धुलो उडाउँछ ।

    images
    images
    images

    दलहरूले आफ्ना कार्यकर्तालाई कसरी प्रशिक्षित गरेका छन् र उनीहरूको घरदैलो आचारसंहिता के हो भन्ने प्रश्नमा अधिकांश दलहरूले त्यसप्रकारको आचारसंहिता नबनाईएको बताउँछन् । यद्यपि शालिनता पुर्वक मतदाताको घरमा जाने र पार्टीको योजनाबारे छलफल गर्ने र  उम्मेदवारले लिएका विचार र योजनाबारे बुझाउँन नै घरदैलो गरिने उनीहरूको भनाई छ ।

    images
    images
    images

    यता स्थानीयहरू दलहरूका उनै पुराना कुरा र पुरानै शैलीले आजित भएको बताउँछन् । सामाजिक संजालमा लेख्दै उनीहरूले तिहारको देउसीभैलो र दलहरूको घरदैलोमा फरक नपाईएको बताउँछन् । नेता कार्यकर्ता आउने हात जोड्ने र भोट माग्ने, कार्यकर्ताहरू ठूलो आवाजमा गीत र जिंगल घन्काउँदै उफ्रीने र धुलो उडाउने बाहेक घरदैलोमा अरु नभएको मतदाताको गुनासो छ । प्रचारको ठूलो ध्वनी र जिर्ण सडकको धुलोले प्रताडित भएका स्थानीयहरू दलहरू स-साना विषयमा समेत सचेत हुन नसकेको र हल्ला कै भरमा निर्वाचन प्रचार हुने भ्रममा रहेको बताउँछन् ।

    त्यसो त दलका कार्यकर्ताहरूले चुनावी प्रचारका लागि सामाजिक संजाल देखि मिडिया हाउससम्मको प्रयोग गरेका छन् । … जिताऔं अभियान देखि विभिन्न पेजबाट आफ्नो प्रचार सामग्री पैसै तिरेर बूस्ट गर्ने तथा छापा र डिजिटल मिडियामा विज्ञापन प्रकाशन गर्ने सम्मका काममा पनि उम्मेदवार र दलहरू उत्तिकै लागेका छन् ।

    यद्यपि दलहरूको यस प्रकारको भड्किलो प्रचार र असंवेदनसिलतालाई हेर्दा उनीहरू तडकभडक र हल्लाकै भरमा निर्वाचन जित्ने मनसायबाट निर्देशित देखिन्छन् । दलबाट उम्मेदवारको टिकट ल्याउन देखि भड्किलो प्रचारमा दलहरूले खर्चिने रकमको जोहो कसरी गर्छन् र निर्वाचित भएपछि उनीहरूले कसरी उक्त लगानी असुल उपर गर्छन् त्यसतर्फ पनि मतदाताको ध्यान जानु जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।