देवदह । निर्वाचन नजिकिदै गर्दा दलहरूले घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाएका छन् । देवदहमा उम्मेदवारी दिएका सबै दलहरूले आ-आफ्नो ढंगले जनभेटघाटलाई निरन्तरता दिएका छन् ।
सोहि क्रममा गठबन्धनमा संलग्न दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले देवदहको वडा नं. ३ र ४ मा घरदैलो गरेको छ । घरदैलो कार्यक्रममा बोल्दै प्रमुख र उपप्रमुख पदका उम्मेदवार हिराबहादुर खत्री र सुन्दरी गिरिले गठबन्धनको जीत सुनिश्चित भएको बताएका छन् । मतदातासंग मत माग्ने क्रममा देखिएको उत्साहले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले भारी मतान्तरले जीत हासिल गर्ने देखिएको उनीहरूले दाबी गरेका छन् ।
त्यसैगरी नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवारहरूले देवदह–२ मा घरदैलो गरेका छन् । सो क्रममा बोल्दै प्रमुख पदका उम्मेदवार ध्रुब प्रसाद खरेलले एमालेले देवदहवासीको शिर झुक्न नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि र रोजगार सृजनाका लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने उनको दावी छ ।
यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरूले पनि देवदहका विभिन्न स्थानमा घरदैलो गरेको पार्टीका प्रचार विभाग प्रमुखहरूले जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology