Logo

२०८३, आश्विन १०गते


images
images

निर्वाचन अपडेट देवदह : घरदैलो सहित तिब्र प्रचारमा दलहरू

निर्वाचन अपडेट देवदह : घरदैलो सहित तिब्र प्रचारमा दलहरू

images
  • निर्वाचन अपडेट देवदह : घरदैलो सहित तिब्र प्रचारमा दलहरू
    images
    images

    देवदह । देवदहमा क्रियाशिल दलहरूको चुनावी अभियान 'घरदैलो' जारी छ । साना ठुला र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका समेतले तिब्र प्रचार अभियान चलाईरहेका छन् । 

    images
    images
    images

    यसैक्रममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त घर दैलो अभियान अन्तर्गत आज देवदहको वडा नम्बर ५ मा बृहत रुपमा कार्यक्रम सम्पन्न भएको छ।

    images
    images
    images

    घर दैलो कार्यक्रममा मेयर पदका उम्मेदवार हीरा बहादुर खत्री, उपमेयर पदका उम्मेदवार सुन्दरी तथा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार केशव पराजुली, महिला सदस्य पदका उमेदवार मायादेवि सापकाेटा, दलित महिला सदस्य पदका उमेदवार रूपा सुनार, सदस्य पदका उमेदवार चेतबहादुर सिजांली र भुवनखासुका साथमा पार्टीका शुभचिन्तकहरूकाे सक्रिय उपस्थिति रहेको थियो।

    images
    images
    images

    कार्यक्रममा मेयर पदका उम्मेदवार खत्री र उपमेयर पदका उम्मेदवार गिरिले संयुक्त गठबन्धनको विजयले मात्र देवदहमा आमूल परिवर्तन गर्न सकिने विचार व्यक्त गरेका थिए । 
    त्यसैगरी, नेकपा एमालेले पनि घरदैलोलाई निरंतरता दिएको छ । आज एमालेका उम्मेदवारले देवदह–४ को विभिन्न टोलमा नागरिक संग भेटघाट गरेको छन् ।

    सो क्रममा बोल्दै एमालेबाट नगरप्रमुख पदका प्रत्यासी ध्रुब खरेलले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासको लागि देवदहमा एमालेको जित आवश्यक रहेको बताए । कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने, सम्पूर्ण नागरिकलाई स्वास्थ्य विमा अभियानमा जोड्ने, देवदहमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेमा उनको जोड थियो ।

    त्यसैगरी नेकपा माओवादी केन्द्रले देवदहको वडा नं. ७ लगायतला क्षेत्रमा घरदैलो गरेको नगर अध्यक्ष गोविन्द ठटराईले बताएका छन् । 

    त्यसै गरि नेकपा एकीकृत समाजवादीले देवदहको भलुही क्षेत्रमा घरदैलो गरेको छ भने राप्रपाले पनि देवदहको वडा नं. मा घरदैलो गरेको जनाएको छ । अन्य दल र स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारले पनि आ- आफ्नो ढंगले आ-आफ्नो स्थानमा घरदैलो लगायतका प्रचारका कामलाई निरन्तरता दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।