देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवदह नगर समितिले निर्वाचन मार्फत नेतृत्व चयन प्रकृया सुरु गरेको छ । प्रथम नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन प्रकृया असफल भएपछि निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।
नगर सभापतिको लागि प्रकाश अधिकारी, बल बहादुर श्रेष्ठ (असिम) र मेघनाथ भण्डारी (किरण)ले उम्मेदवारी दर्ता गराएपनि किरणले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी र श्रेष्ठ विच चुनावि प्रतिष्पर्धा हुने भएको हो ।
त्यसैगरी नगरबाट २ जना केन्द्रीय अधिवेशन प्रतिनिधि छनौट हुनुपर्नेमा ३ जनाको उम्मेदवारी परेपछि त्यसमा समेत निर्वाचन हुनेभएको छ । केन्द्रीय अधिवेशन प्रतिनिधिमा महेश भण्डारी, राजन अधिकारी र रोहीत वाग्ले बिच निर्वाचन हुनेछ ।
रास्वपाको देवदह नगर समितिका अन्य पदमा यसअघि नै सर्वसम्मत भएको थियो । पार्टीको उपसभापतिमा तुलसी खनाल, सचिवमा दुर्गा प्रसाद तिवारी र सह सचिवमा राम प्रसाद पंगेनी सर्वसम्मत भइसकेका छन् ।
त्यसैगरी महिला सदस्यमा तिला बुढामगर, विमला थापा र मोनिका थापा चयन भएका छन् भने समावेशी सदस्य दलिततर्फ उम्मेदवारी खाली रहेको जनाइएको छ । खुला सदस्यमा भक्त बहादुर थापा, चुरामणि तिवारी, चोलाकान्त पौडेल, शेर बहादुर कार्की र कमल पौडेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन प्रतिनिधिहरूमा जिल्ला र प्रदेशको सर्वसम्मत टुंगिएको छ भने केन्द्रीय प्रतिनिधिमा तीन जनाको उम्मेदवारी परेको छ ।
सर्वसम्मत चयन भएका जिल्ला अधिवेशन प्रतिनिधिहरूमा मीना पौडेल, माया कुमारी राना, मित्रलाल पाण्डे र मनोज पुन रहेका छन् भने प्रदेश अधिवेशन प्रतिनिधिहरूमा महेश भण्डारी र भगवती आचार्य चयन भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology