Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपा देवदहको सभापतिमा बलबहादुर श्रेष्ठ (असिम) निर्वाचित

रास्वपा देवदहको सभापतिमा बलबहादुर श्रेष्ठ (असिम) निर्वाचित

images
  • रास्वपा देवदहको सभापतिमा बलबहादुर श्रेष्ठ (असिम) निर्वाचित
    images
    images

    देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवदह नगर सभापतिमा बलबहादुर श्रेष्ठ (असिम) चयन भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा प्रकाश अधिकारीलाई २१ मतले पराजित गर्दै असिम नगर सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचित असिमले १२५ मत प्राप्त गर्दा अधिकारीले १०४ मत प्राप्त गरे । प्रथम नगर अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन प्रकृया असफल भएपछि निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो ।

    यसैगरी केन्द्रीय अधिवेशन प्रतिनिधिमा रोहित वाग्ले र महेश्वर भण्डारी निर्वाचित भएका छन् । २ जना प्रतिनिधि छनौट हुनुपर्नेमा ३ जनाको उम्मेदवारी परेपछि त्यसमा समेत निर्वाचन भएको थियो । केन्द्रीय अधिवेशन प्रतिनिधिमा महेश भण्डारी, रोहीत वाग्ले र राजन अधिकारी बिच प्रतिष्पर्धा भएको थियो । जसमा भण्डारीले १६३ मत वाग्लेले १६३ मत र अधिकारीले १२० मत प्राप्त गरे ।

    रास्वपाको देवदह नगर समितिका अन्य पद भने सर्वसम्मत भएको थियो । जस अन्तर्गत पार्टीको उपसभापतिमा तुलसी खनाल, सचिवमा दुर्गा प्रसाद तिवारी र सह सचिवमा राम प्रसाद पंगेनी सर्वसम्मत भइसकेका छन् ।

    त्यसैगरी महिला सदस्यमा तिला डुम्रे, विमला थापा र मोनिका थापा चयन भएका छन् भने समावेशी सदस्य दलिततर्फ उम्मेदवारी खाली रहेको जनाइएको छ । खुला सदस्यमा भक्त बहादुर थापा, चुरामणि तिवारी, चोलाकान्त पौडेल, शेर बहादुर कार्की र कमल पौडेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    यसअघि जिल्ला र प्रदेश अधिवेशनका प्रतिनिधिहरु भने सर्वसम्मत टुंगिएका थिए । सर्वसम्मत चयन भएका जिल्ला अधिवेशन प्रतिनिधिहरूमा मीना पौडेल, माया कुमारी खत्री, भिमलाल काफ्ले र मनोज पुन रहेका छन् भने प्रदेश अधिवेशन प्रतिनिधिहरूमा मोहन भण्डारी र भगवती न्यौपाने ढकाल चयन भएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।