रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले सहि नेतृत्वलाई नगरको जिम्मेवारी सुम्पिनुपर्ने रहेको बताएका छन् । शनिबार पार्टीद्वारा देवदहमा आयोजित चुनाव सभालाई सम्बोधन गर्दै उनले देवदहलाई विकासमा बाध्न सक्ने शुत्र राप्रपासंग भएको बताएका हुन् ।
"१२ वर्षपछि खोला फर्किन्छ भनेझैं अहिले नेपालको माटाे र नेपाली जनताले पुनः बुझेको छ नेपालको बिकास राजसंस्था र हिन्दु राज्यले मात्र गर्न सक्छ । उनले भने,"नेपाली भूगोलमा कुनै पनि वाद सुहाउँदैन, संघीयता फेल भैइसक्यो । त्यसैले हामीले संघीयताको विरुद्धमा आवाज दिदै हिंडेका छौ । संघीयताको संयन्त्र निर्माण गर्न खर्चिने बजेटले नेपालमा कयौ स्तरीय अस्पताल बनाउन सकिने उनको भनाइ थियो ।
संघीयता नेपाली भूगोलमा नफाप्ने बताउँदै शाहीले चाहिएको निशुल्क स्वास्थ्य र शिक्षा भएको बताए । नेपाललाई समृद्धितर्फ लैजान धेरै सम्भावना भएको उल्लेख गर्दै उनले जलस्रोत, जडीबुटी रेशम खेती, कृषि उत्पादन जस्ता कुरामा व्यवस्थित रुपले लगानी हुन सके नेपाल समृद्धि तर्फ जान समय नलाग्ने जिकिर गरे ।
एउटा पनि युवा विदेश धाउन आवश्यक रहेको बताउँदै उनले चुनावका बिचमा भोट माग्नेहरु आउँंने र विभिन्न झुठो आश्वासन र प्रलोभन देखाउँने गरे पनि भोट राप्रपालाई दिनुपर्ने बताए । उनले भने, "ती खर्च गर्न खोज्नेहरुको पैसा लिनुस मजाले खानुस । तर नहाल्नुस । अन्त्यमा चुनाव हारेर जमानत जफत भएर पागल भएर बाटोमा हिड्न लागे भने एम्बुलेन्स हामी पठाउछौ ।"
गलत व्यक्तिला मत दिनु वा पैसामा मत बेच्नु आफ्ना सन्तानको मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हो भएको उनको भनाइ छ ।
सो कार्यक्रम राप्रपाका केन्द्रिय, प्रदेशस्तरीय र स्थानीय नेता कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology