Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा मातृ शिशु स्याहार तथा पोषण कार्यक्रमको सफल अभ्यास

देवदहमा मातृ शिशु स्याहार तथा पोषण कार्यक्रमको सफल अभ्यास

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा मातृ शिशु स्याहार तथा पोषण कार्यक्रमको सफल अभ्यास
    फाइल फोटो
    images
    images

    कमला अर्याल, देवदह । गर्भवती, सुत्केरी र शिशुको स्वास्थ्य स्याहार तथा पोषण कार्यक्रम संचालन गरि मातृ शिशु मृत्यूदर घटाउने र स्वस्थ मानव शहर बनाउने उद्देश्य रहेको देवदह नगरपालीकाले जनाएको छ । नगरपालीका भित्रका सबै स्वास्थ्य केन्द्र र अस्पतालबाट सबै वडामा गर्भवती महिला, सुत्केरी तथा नवजात शिशु स्याहार तथा पोषण सम्बन्धी कार्यक्रम संचालन गरि कुपोषण न्यूनिकरणमा समेत पहिलो चरणको काम शतप्रतिशत सफल भएको हो ।

    images
    images
    images

    बिगत केही बर्षयता आमा तथा शिशु स्वास्थ्य सेवा देवदह नगरपालीकामा प्रभावकारी भएको स्थानियको भनाई छ ।  

    images
    images
    images

    बिसं २०७४ सालमा भएको निर्वाचनबाट स्थानिय सरकारका रुपमा नयाँ जनप्रतिनिधीहरु आएपछि देवदहमा बिगतमा जस्तो गर्भवतीको स्वास्थ्य परिक्षण, सुत्केरी गराउने र आमा तथा नवजात शिशु स्याहारका लागि बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय सरकार नहुँदा महिला तथा बालबालीकाहरु सामान्य उपचारको लागि पनि देवदह छोडेर बुटवल भैरहवा लगाएतका स्थानमा जानु पर्ने अवस्थाको अन्त्य भएकोमा देवदहबासीहरु खुशी ब्यक्त गर्दछन् । उनिहरुले बिगतमा बाहिर जानु पर्दथ्यो तर अहिले स्वास्थ्य सेवा नगर भित्रै पाएपछि आफुहरुले राहत महशुश गरेको भन्दै स्थानीय सरकारलाई महिलाहरुले धन्यवाद दिन थालेका छन ।

    images
    images
    images

    देवदह, केरवानी र सिक्टहन स्वास्थ्य चौकी र देवदह मेडिकल कलेज गरि ४ स्थानबाट गर्भवती महिलाको लागि ४ पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने ब्यबस्था मिलाइएको छ । साथै गर्भवती महिलाका लागि आवश्यक पर्ने आईरन चक्की र क्याल्सियम दिने, गर्भवती र सुत्केरीका लागि यातायात खर्च वापत १८ सय रुपैयाँ प्रदान गर्ने, निःशुल्क शल्यक्रिया सेवा दिने, साबुन, एक क्यारेट अण्डा, आयोडिन युक्त नुनसहितको पोषण झोला उपलब्ध गराउने गरिएको जनस्वास्थ्य अधिकृत काशिनाथ बन्जाडे बताउछन् । 

    साथै सुत्केरी महिलालाई ४५ दिनसम्म घरमै पुगेर २ पटक स्वास्थ्य जाँच गर्ने ब्यबस्था समेत गरिएको अधिकृत बन्जाडेले बताए । यस्तो सेवा लिने मध्ये अधिकांश २१ देखि ३५ बर्ष उमेर समहुका अधिकांश महिला रहेको उनले जानकारी दिएका छन् । देवदहमा रहेका गर्भवती महिला तथा शिशुहरुले उपचारको अभावमा अकाल्मै ज्यान गुानउन नपरोस भनेर मातृमृत्युदर तथा शिशु मृत्युदर कम गर्नका लागि कार्यक्रम संचालन गरिएको पनि उनले बताए । 
    महिला गर्भवती भएको ४ महिनादेखि ९ महिनासम्म ४ पटकसम्म देवदहमा रहेका स्वास्थ्य चौकीमा गएर निःशुल्क चेकजाच गर्न पाउने व्यवस्था नगरपालिकाले मिलाएको छ 

    सो सेवा देवदह स्वास्थ्य चौकी, सिक्टहन स्वास्थ्य चौकी, केरवानी स्वास्थ्य चौकीमा वरथिङ सेन्टर सञ्चालन गरिनुका साथै देवदह मेडिकल कलेजमा मिलाइएको अधिकृत वञ्जाडेले जानकारी गराएका छन् । देवदह नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीमा गतबर्ष कुल १५ सय ६ जनाले गर्भवतीको चेकजाच गराएका थिए भने जम्मा डेलिभरि भने एक हजार अठार जना स्वास्थय चौकी र मेडिकल कलेजमा भएका थिए । 


    गत बर्ष मेडिकल कलेजमा छ सय जना र देवदहका ३ वटा स्वास्थ्य चौकीमा चार सय अठार जना गर्भवती भएका थिए । यो अहिलेको नौ महिनामा भने गर्भवती चेकजाच गर्नेको संख्या एघार सय पच्चीस जनाले गर्भवतीको चेकजाच गराए भने वाह्र सय छेयत्तर जना डेलिभरि भएका छन । यो बर्ष मेडिकल कलेजमा डेलिभरि हुनेको संख्या नौ सय सत्ताइस जना छन भने स्वास्थ्य चौकीमा तिन सय उन्पचास जनाले सो सेवा लिएका छन ।  

    गर्भवती महिलालाई चाहिने आइरन चक्की नेपाल सरकारले निःशुल्क वितरण गर्ने गरेपनि नगरपालिकाले चेकजाचका क्रममा आउने गर्भवती महिलाहरुलाई स्वास्थ्य चौकीबाट आईरन चक्कीका साथै क्याल्सियम पनि निःशुल्क वितरण गरेको उहाले बताउनु भयो । महिला सुत्केरी भएको थप ४५ दिन सम्मको लागि क्याल्सियम दिने, तिन पटक पिएनसि चेकअप सुत्केरी महिलाको घरमै गएर निःशुल्क गर्ने व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ । 

    गर्भवती महिला तथा शिशु स्हयार कार्यक्रम सञ्चालनका लागि देवदह नगरपालिकाले बार्षिक रुपमा पोषण तर्फ ५ लाख र शल्यक्रिया तर्पm १ करोड ४५ लाख रुपैया छुट्याउने गरेको देवदह जनस्वास्थ्य अधिकृत वञ्जाडेले बताए । 

    शल्यक्रिया गर्नुपरेमा गर्भवती महिलालाई सिधै देवदह मेडिकल कलेज पठाइने र निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाईएको वञ्जाडेले बताए । देवदह मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिएका गर्भवती महिलाहरुको लागि सुत्केरी हुदा शल्यक्रिया गर्दा लगाएत लाग्ने खर्चहरु मेडकल कलेजले भौचर ल्याएको नगरपालिकाबाट सिदै चेक लिएर जाने गरेको उहाले बताए । 

    कार्यक्रम सञ्चालन गर्नका लागि संघिय सरकारको सहयोग र आन्तरिक सहयोगबाट सञ्चालन भइरहेको उनले बताए । स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलालाई यातायात खर्चवापत एक हजार, एक क्यारेट अण्डा, आधा केजी ध्यू, सरकारको न्यानो झोला, साबुन २ वटा, १ पोका नुन, झुल गराएर पोषण झोला वितरण गर्ने कार्य नगरपालिकाले गर्दै आइरहेको छ । 

    यो सेवा लिनेमा २० बर्ष देखि ४० उमेर समूहका महिला रहेका छन । आज भन्दा करिव ५ बर्ष अघि नेपालमा मातृमृत्युदर हुनेमा प्रति एकलाख महिलामा पाच सय सत्तरी रहेकोमा अहिले घटेर प्रति एकलाख महिलामा दुईसय उन्चालिसमा झरेको र देवदहको सन्दर्भमा भने मातृमृत्युदर र शिशु मृत्युदर शुन्य अवस्थामा झरेको अधिकृत वञ्जाडेको भनाइ छ ।

    गर्भवती महिलालाई स्वास्थ्य चौकीहरुमा गरीने व्यवहार एकदमै राम्रो भएको केरवानी स्वास्थय चौकीबाट स्वास्थ्य सेवा लिनु भएकी केशरी थापा बताउँछिन । नगरपालिकाले गर्भवती महिला तथा शिशु स्हयार कार्यक्रम चलाएपछि आपूmहरुलाई धेरै सरल र सहज भएको भन्दै उनले खुशि व्यक्त गरिन् । 

    नगरपालिकाको संयोजनमा स्वास्थ्य चौकीले चलाएको कार्यक्रम निकै फलदायि भएको देवदह स्वास्थ्य चौकीबाट लाभ लिनु भएकी जानकी भट्ट्राई बताउँछिन् ।

    त्यस्तै राजावारीकी सोनु थापाले सुत्केरी महिलाको लागि प्रदान गरिने पोषण झोलामा आपूm र बच्चाको लागि पनि एक सेट कपडा पनि भएको भन्दै स्वास्थय चौकीले प्रदान गर्ने सेवा एकदम प्रशंशनीय भएको उल्लेख गरिन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।