देवदह । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखका उम्मेदवार हिराबहादुर खत्रीले देवदहको शान्ति, सुरक्षा र समग्र विकासको योजना गठबन्धनसंग भएको भन्दै भोट दिन अनुरोध गरेका छन् । देवदह १० चरंगे लगायतका विभिन्न स्थानमा भएको गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारसहितको गठबन्धनको घरदैलो कार्यक्रममा खत्रीले यस्तो कुरा बताएका हुन् ।
घरदैलो अभियानमा स्थानीयसंग कुरा गर्दै खत्रीले आफू देवदहबासीको सेवक हुन पाएकोमा सधै गर्व गर्ने बताएका थिए । त्यसैगरी उपमेयर पदका उम्मेदवार सुन्दरी गिरिले आफू चरङ्गेकै चेली भएकोले आफ्नो जीत चरङ्गेवासीको पनि जीत भएको भन्दै मतदान गर्न अनुरोध गरेकी थिईन् ।
सो अवसरमा २०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित हिराबहादुर खत्री र वडा नं १० का अध्यक्ष एकबहादुर सुनार लगायतको कार्यसमितिको पहलमा पिछडिएको वडा अन्तर्गत पर्ने देवदह १० मा विकास भएको भन्दै गठबन्धन पक्षधर स्थानीयले खुशि व्यक्त गरेका थिए । २०७४ सालको स्थानीय चुनाव अगाडी वडामा थुप्रै खालका समस्या थिए तर अहिले विस्तारै विकासका कामहरु भइरहेको भन्दै उनीहरूले देवदहमा विकासको लहर ल्याउन पुनः हिरा बहादुर खत्री सुन्दरी गिरि सहितको टिमको जित हुनुपर्ने बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology