Logo

२०८३, आश्विन १०गते


images
images

मौन अवधि : देवदहमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेमा नेता देखि शिक्षकसम्म

मौन अवधि : देवदहमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेमा नेता देखि शिक्षकसम्म

images
  • मौन अवधि : देवदहमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेमा नेता देखि शिक्षकसम्म
    images
    images

    देवदह । स्थानीय तह निर्वाचन सुरू हुन केही घण्टा मात्रै बाँकी छ  । राती १२ बजेबाट मौन अवधि सुरू भैसकेको छ । मौन अवधिमा कुनैपनि माध्यमबाट कुनै पनि चुनावी प्रचार प्रसार गर्न पाईदैन । तर पनि राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारले प्रचार प्रसार गर्न भने छोडेका छैनन् । यसरी आचारसंहिता उल्लंघन गर्नेहरूमा दल र उम्मेदवारका समर्थक कार्यकर्तादेखि उम्मेदवार र नेता हुँदै शिक्षकसम्म रहेका छन् ।

    images
    images
    images

    मौन अवधी सुरुभएको दिन अर्थात् बुधबार बिहानै नेकपा एमाले देवदहका ईन्चार्ज यम रानाले सामाजिक संजालमा पोस्ट गर्दै सुर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । जुन आचारसंहिता विपरीत हो । यसबारे देवदह नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत विष्णु आचार्यसंग कुरा गर्दा त्यसप्रकारको पोस्ट आचारसंहिता विपरीत भएको बताएका छन् ।

    images
    images
    images

    त्यसैगरी, अर्का एमाले नेता ऋषिराम सापकोटाले पनि मौन अवधिको आचारसंहिता उल्लंघन गर्दै एमाले उम्मेदवारलाई भोट मागेका छन् । उनले ९८ जनालाई ट्याग गरेर उक्त पोस्ट शेयर गरेका छन् । उनको पोस्ट अन्य एमाले कार्यकर्ताले समेत शेयर गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी युनिक दिपकको फेसबूक एकाउन्टबाट एमाले देवदहबाट मेयर पदका प्रत्यासी ध्रुब खरेललाई ट्याग गर्दै उनलाई भोट मागिएको पोस्ट शेयर गरिएको छ । युक्त पोस्टलाई फेसबूक ग्रुप देवदह समाचारमा समेत शेयर गरिएकोमा हाल ग्रुप एड्मिनले उक्त पोस्ट हटाईदिएका छन् ।

    त्यसैगरी पुतली चिन्ह लिएर देवदह ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका रुकात्मक भारतीले समेत आचारसंहिता उल्लंघन गर्दै सामाजिक संजाल मार्फत भोट मागेका छन् । उनले आफ्नो चुनाव चिन्हसहितको पोस्टर राख्दै भोट हाल्न २ दिन बाँकी भन्ने पोस्ट शेयर गरेका छन् ।

    साथै, लोकनाथ अधिकारी नाम गरेका नेपाली कांग्रेसका कार्यकर्ताले कांग्रेस माओवादी गठबन्धनबाट देवदह नगरपालिकाका मेयर पदका प्रत्यासी हिरा बहादुर खत्री लगायत ९९ जनालाई ट्याग गरेर निर्वाचनमा चुले निम्तो भन्दै कांग्रेसको चुनाव चिन्हमा मतदान गर्न अपिल गरेका छन् । जुन आचारसंहिता विपरीत हो ।

    त्यसैगरी नेकपा माओवादी केन्द्र देवदहका नगर इन्चार्ज तुल्सीराम न्यौपानेले गठबन्धनबाट प्रमुख र उपप्रमुखका उम्मेदवारलाई मतदान गर्न अपिल गर्दै मंगलबार पोस्ट गरिएको एक प्रचार सामग्रीलाई पुनः शेयर गरेका छन् । जुन आचारसंहिता विपरीतका गतिविधि हुन् ।

    त्यसो त नेताहरूले मात्रै निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छैनन् । यसरी आचारसंहिता उल्लंघन गर्न देवदहस्थित केरवानी माविका शिक्षक खेमानन्द ज्ञवालीले टिकटक प्रयोग गरेका छन् । टिकटकमा भिडियो अपलोड गर्दै शिक्षक ज्ञवालीले 'मौन अवधि सुरू भएपछि घरैबाट अनुरोध सांकेतिक भाषामा' लेख्दै एमालेको चुनाव चिन्ह अंकित झन्डा प्रदर्शन गरेका छन् । पेशाले शिक्षक भएपनि उनी निर्वाचन प्रक्रियाको सुरुवातदेखि नै एमाले उम्मेदवारलाई भोट माग्ने कार्यमा व्यस्त हुँदै पेशागत मर्यादा विपरीतका चुनावी प्रचारमा सहभागी हुँदै आएका थिए । 

    यी केही उदाहरणमात्रै हुन् । यसरी मौन अवधिमा आचारसंहिता विपरीतको कार्य सामाजिक संजालमा मात्रै भएको छैन । देवदह ७ मा एकाविहानै १ उम्मेदवार सहित २ जना व्यक्तिहरू आफ्नो चुनाव चिन्हमा मतदान गर्न भन्दै घरदैलो आएको एक स्थानीयले बताएका छन् । 

    टोलटोल र घरघरमा उम्मेदवार र दलका नेता कार्यकर्ता पुगेर मतदातालाई प्रभावित गर्ने प्रयास गरिएका सूचनाहरू प्राप्त भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।