देवदह । देवदह नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। निर्वाचन कार्यालयबाट प्र्राप्त जानकारी अनुसार कांग्रेसका उम्मेदवार यज्ञ प्रसाद अर्यालले ९४१ मत सहित निकटम प्रतिद्वान्धी नेकपा एमालेका बैकुण्ठ बहादुर कुँवरलाई पराजित गरेका छन्। पराजित भएका कुँवरले ८८७ मत प्राप्त गरेका छन्। त्यसै गरी अध्यक्षका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका वम बहादुर आलेले ५५६ मत प्राप्त गरेका छन्।
यद्यपि उक्त वडामा कांग्रेसको प्यानल नै विजय भएको छैन। अध्यक्ष सहित खुल्ला सदस्यमा कांग्रेसका मेघनाथ न्यौपानेले १०२१ र अम्रिका प्रसाद थारू ९३६ मत प्राप्त गरि विजयी भएका छन्। महिला सदस्यमा कांग्रेसकै झम कुमारी थापाले ९५७ मत प्राप्त गरी विजयी हुदा दलित महिला सदस्यमा भने एमाले उम्मेदवार तिकिसरा सुनारले ९४७ मत प्राप्त गरी विजयी भएकी छन्।
काङ्ग्रेस र एमालॆ विच तिब्र प्रतिस्पर्धा भएको उक्त वडामा यसअघिको निर्वाचनमा एमालेले जितेको थियो। तत्कालीत अवस्थामा कांग्रेसबाट बागी उम्मेदवार उठ्दा एमालेका बैकुण्ठ बहादुर कुँवरले वाजी पारेका थिए। उनी कुँवर अहिले कांग्रेस उम्मेदवारसँग पराजित भएका हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology