Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्प र मेलोनीबीच वाकयुद्ध

ट्रम्प र मेलोनीबीच वाकयुद्ध

images
  • ट्रम्प र मेलोनीबीच वाकयुद्ध
    images
    images

    काठमाडौँ । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सार्वजनिक रूपमा तीव्र वाकयुद्ध सुरु भएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत मेलोनीको लोकप्रियता घट्दै गएको दाबी गर्दै विभिन्न आरोप लगाएपछि मेलोनीले त्यसको कडा प्रतिवाद गरेकी छन् ।

    images
    images
    images

    मेलोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रतिक्रिया दिँदै ट्रम्पका निरन्तर र आधारहीन आक्रमणहरू अर्थहीन रहेको बताएकी छन् । उनले आफ्नो लोकप्रियता ट्रम्पसँगको सम्बन्धमा नभई इटलीको राष्ट्रिय हितको रक्षा गर्ने क्षमतामा आधारित रहेको स्पष्ट पारेकी छन् ।

    images
    images
    images

    उनले लेखेकी छन्- 'राष्ट्रपति ट्रम्प, लगातार र कुनै कारणबिनाका आक्रमणहरू निरर्थक छन् । मेरो लोकप्रियताका विषयमा तपाईंको मित्र हुनुबाट मलाई कुनै फाइदा भएको छैन । मेरो लोकप्रियता तपाईंसँगको सम्बन्धमा निर्भर गर्दैन, बरु इटलीको राष्ट्रिय हितको रक्षा गर्ने मेरो क्षमतामा निर्भर गर्छ, र मैले सधैं त्यही काम गरेकी छु ।'

    images
    images
    images

    मेलोनीले इटलीस्थित अमेरिकी सैन्य अड्डाहरूको प्रयोगसम्बन्धी सम्झौताहरूको पनि उल्लेख गर्दै ती सम्झौताहरूको सधैं सम्मान गरिएको र आफू प्रधानमन्त्री रहुञ्जेल त्यसको उल्लङ्घन हुन नदिने बताइन् । उनले इटली एक सार्वभौम राष्ट्र रहेको उल्लेख गर्दै ट्रम्पलाई आफ्नो लोकप्रियताबारे चिन्ता नगर्न र आफ्नै लोकप्रियतामा ध्यान दिन सुझाव दिइन् ।

    यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै फ्रान्समा भएको सात औद्योगिक राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा मेलोनीले पटकपटक आफूसँग तस्वीर खिच्न आग्रह गरेको दाबी गरेका थिए ।

    ट्रम्पले मेलोनीको लोकप्रियता घटिरहेको आरोप लगाउँदै त्यसको कारण इरानलाई आणविक हतियार प्राप्त गर्न वा विकास गर्न नदिन अमेरिकाको पक्षमा नउभिनु रहेको बताएका थिए । उनले इटलीले अमेरिकी सेनालाई आफ्नो देशका विमानस्थलका धावनमार्ग र अवतरण क्षेत्र प्रयोग गर्न अनुमति नदिएको भन्दै त्यसबाट ठूलो व्यवस्थापकीय असुविधा भएको दाबी गरेका थिए ।

    ट्रम्पले अमेरिकाले हरेक वर्ष इटलीसहित उत्तर एटलान्टिक सन्धि संगठनका सहयोगी राष्ट्रहरूको सुरक्षामा अर्बौं डलर खर्च गरिरहेको उल्लेख गर्दै इरानलाई सैन्य रूपमा पराजित गरेपछि मेलोनी फेरि आफ्नो लोकप्रियता बढाउन अमेरिकासँग मित्रता कायम गर्न खोजिरहेको आरोप समेत लगाए ।

    यसअघि पनि ट्रम्पले एक अन्तर्वार्तामा फ्रान्सको एभियनमा आयोजित ५२औँ सात औद्योगिक राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा मेलोनीले तस्वीर खिच्नका लागि 'बिन्ती' गरेको दाबी गरेका थिए । उनले भनेका थिए,- 'मेलोनीले मसँग तस्वीरका लागि बिन्ती गरेकी थिइन्। मलाई उनको दया लाग्यो, त्यसैले म सहमत भए ।'

    ट्रम्पको उक्त अभिव्यक्तिपछि मेलोनीले सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश जारी गर्दै ती सबै दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेकी थिइन् । उनले भनिन्- 'ट्रम्पका पूर्ण रूपमा मनगढन्ते अभिव्यक्तिहरू सुनेर म स्तब्ध भएकी छु। केही विषयमा तुरुन्तै प्रतिक्रिया दिन आवश्यक हुन्छ। उनका भनाइहरू पूर्ण रूपमा काल्पनिक छन्। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिले आफ्नै सहयोगी राष्ट्रहरूसँग किन यस्तो व्यवहार गर्छन् भन्ने मलाई थाहा छैन। यो पहिलो पटक पनि होइन ।'

    मेलोनीले ट्रम्पको कूटनीतिक प्राथमिकतामाथि पनि प्रश्न उठाएकी छन् । उनले पश्चिमी मुलुकका शत्रु, अमेरिका विरोधी शक्तिहरू र उनीहरूका नेतृत्वप्रति ट्रम्प बढी उदार देखिएको आरोप लगाइन् । उनले भनिन्- 'यो दुःखद कुरा हो कि पश्चिमका शत्रुहरू र अमेरिका विरोधी शक्तिहरूविरुद्ध उहाँमा त्यति प्रतिबद्धता देखिँदैन। एउटा कुरा उहाँले सम्झिनुपर्छ, इटली र म कहिल्यै बिन्ती गर्दैनौँ ।'

    यस घटनाले कूटनीतिक क्षेत्रमा पनि असर देखिएको छ। इटलीका उपप्रधानमन्त्री तथा विदेशमन्त्री एन्टोनियो तायानीले जुन २१ र २२ मा तय भएको आफ्नो अमेरिका भ्रमण तत्काल रद्द गरेका छन् । तायानीले सामाजिक सञ्जाल एक्समा ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक भन्दै यो केवल मेलोनीमाथिको आक्रमण नभई सम्पूर्ण इटलीको अपमान भएको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # मेलोनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।