बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि लुम्बिनी प्रदेशबाट करिब ५० जना आकाक्षी देखिएका छन् । आकांक्षीमा रुपन्देहीका धेरै रहेका छन् । प्रतिनिधि सभाका सदस्यहरु देखि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरेकाहरुले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्दै प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।
रुपन्देहीका ज्ञानु पौडेल, गोपाल घिमिरे, डाक्टर वुद्धि शर्मा, डाक्टर योगेन्द्र अग्रहरी, अमृत भुसाल, कल्पना पाण्डे, सुलभ खरेल, महेन्द्र गुप्ता, पुनमकुमारी अग्रवाल, अमृता विक, लगायत केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा उत्रिन प्रचार प्रशारमा लागेको महाधिबेशन स्थलमा रहेका पत्रकार समेत रहेका महाधिबेशन प्रतिनिधि गुनाराम घिमिरेले बताए ।
त्यस्तै केन्द्रीय पदाधिकारीमा समेत रहेका दाङका विपिन आचार्य पदाधिकारीमा तथा दाङकै देवराज पाठक, कान्तिशिखा धिताल, सुशिला अधिकारी, कमल सुवेदी, सुरेश चौधरी, दीपेन्द्र लामालगायत पनि चुनावी मैदान तताउदै छन् । कपिलवस्तुका नारायणप्रसाद खनाल, मिर्जा राशिद बेग, चिन्ता परियार, गुल्मीका गोविन्द पन्थी, भोजराज पाण्डे पनि केन्द्रका लागि चुनावी मैदान तताउन लागि परेका छन् । गुल्मीका सागर ढकाल केन्द्रीय पदाधिकारीमा भिड्ने चर्चा पनि चलेको छ ।
त्यस्तै बाकेका निलराज अधिकारी, जमुना शर्मा, गोविन्द थारु, अर्घाखाचीका जनक भुसाल, बर्दियाका महेश दहित, कविराम सुनार, दीपक खनाल, रोल्पाका रमेश थापालगायत पनि केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिने चर्चामा रहेका छन् । प्यूठानका सुशान्त वैद्य, माधव भण्डारीलगायत चुनावी मैदानमा भिड्ने तयारीमा रहेको महाधिबेशन प्रतिनिधि घिमिरेले बताए ।
लुम्बिनी प्रदेशबाट रास्वपाका प्रभावशाली नेताहरुमा विपिन आचार्य, सागर ढकाललगायत रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिन लागेका गोपाल घिमिरे प्रदेशको सभापति पदमा चुनावी मैदानमा रहेका थिए । पहिलो चरणको मतदानमा आवश्यक बहुमत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेपछि दोश्रो चरणको मतदानको तयारी भइरहेका बखत उनले अर्का उम्मेदवारलाई समर्थन गर्दै सहमतिको बाटो अवलम्बन गरेका थिए । सहमतिको बाटो अवलम्वन गरेका पार्टीका संगठन विभागका केन्द्रीय सदस्य समेत रहेका घिमिरे केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
लुम्बिनीबाट केन्द्रीय सदस्यका लागि करिब एक दर्जन सांसद चुनावी मैदानमा भिड्न अग्रसरता देखाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology