Logo

२०८३, आश्विन १०गते


images
images

देवदह १२ पनि गुमायो एमालेले, अध्यक्षमा कांग्रेस र सबै सदस्य पदमा राप्रपा विजयी

देवदह १२ पनि गुमायो एमालेले, अध्यक्षमा कांग्रेस र सबै सदस्य पदमा राप्रपा विजयी

images
  • देवदह १२ पनि गुमायो एमालेले, अध्यक्षमा कांग्रेस र सबै सदस्य पदमा राप्रपा विजयी
    images
    images

    देवदह । नगर प्रमुख र उपप्रमुखमा अग्रता कायम गरिरहेको नेकपा एमालेले देवदहमा फेरि अर्को वडा गुमाएको छ ।  २०७४ को निर्वाचनमा विजय भएको वडा नं. १२ मा एमालेले निकै कमजोर प्रदर्शन गरेको हो । यस अघि नै वडा नं. १, ३ र ४ गुमाएको एमाले वडा नं. १२ मा तेस्रो भएको छ ।

    images
    images
    images

    उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका डेकबहादुर सारू मगर विजयी भएका छन् । उनले ७५३ मत प्राप्त गरेर विजयी हुँदैगर्दा राप्रपाका अनिरुध प्रसाद थारू झिनो मतले पराजित भएका छन् । थारूले ७१८ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यसैगरि निवर्तमान अध्यक्ष समेत रहेका एमाले उम्मेदवार बाबुलाल यादवले ४८२ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्र र जनता समाजवादीका साझा उम्मेदवार उदयराज केवटले ३१९ मत प्राप्त गरेका छन् । जनमत पार्टीका रुवास तेलीले २०७ मत प्राप्त गरेका छन् भने नेपाल दलित पार्टीका नन्दलाल विकेले ३४ र मंगोल नेसनल अर्गनाइजेसनका जीवन तामाङले २९ मत प्राप्त गरेका छन् ।
    त्यस्तै सदस्यहरूमा राप्रपाले एकलौटी जीत हासील गरेको छ । जसमध्य खुल्ला सदस्यमा गोविन्द तेली (७२८) र चिनक मल्लाह (६८१) मत सहित विजया भएका छन् । भने महिला सदस्यमा उमादेवी खवास (८१६) र दलित महिला सदस्यमा विन्दा पासी (७३२) मत सहित विजयी भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।