Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा महाधिवेशन

रास्वपाको पदाधिकारी निर्वाचनको तालिका सार्बजनिक

रास्वपाको पदाधिकारी निर्वाचनको तालिका सार्बजनिक

images
  • रास्वपाको पदाधिकारी निर्वाचनको तालिका सार्बजनिक
    images
    images

    चितवन । रास्वपाले दोस्रो चरणको निर्वाचन तालिका सार्बजनिक गरेको छ । निर्वाचन तालिकाअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

    images
    images
    images

    पार्टी पदाधिकारी पदको फारम वितरण साँझ ६: ३० बजेदेखि ७ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नाम प्रकाशित ७: ३० बजे, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय साँझ ८ बजेसम्म, दाबी विरोधमाथि जाँबुझ सवा ८ बजे, उम्मेदवारको नाम फिर्ता लिने अन्मित समय ८:३० बजे, उम्मेदवारको अन्तिम नामावली साँझ पौने ९ बजे, मौन अवधि सवा ९ बजेसम्म र सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदानक ओसंय तोकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै आयोगले मतगणना राति सवा १२ देखि सवा १ बजेसम्म हुने र मतपरिणाम घोषणा राति १:३० बजे हुने जानकारी दिएको छ ।

    images
    images
    images

    यसअघि आजै सम्पन्न पहिलो चरणको मतदानमा भने करिब एक हजार महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेपछि दोस्रो चरणको मतदानका बारेमा प्रश्न उठिरहेको छ ।

    रास्वपाको पदाधिकारीमा २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीको मात्र निर्वाचन हुने विधानमा व्यवस्था गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।