Logo

२०८३, आश्विन ११गते


images
images

कार्यपालिका सदस्यको निर्वाचन सकिएसंगै देवदह नगरपालिकाको कार्यपालिकाले पूर्णता पायो

कार्यपालिका सदस्यको निर्वाचन सकिएसंगै देवदह नगरपालिकाको कार्यपालिकाले पूर्णता पायो

images
  • कार्यपालिका सदस्यको निर्वाचन सकिएसंगै देवदह नगरपालिकाको कार्यपालिकाले पूर्णता पायो
    images
    images

    देवदह । देवदह नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धनका ८ जना सदस्य निर्वाचित भएसंगै कार्यपालिकाले पूर्णता पाएको हो । 

    images
    images
    images

    बैशाख ३० गते सम्पन्न  स्थानीय तहको निर्वाचन पछि कार्यपालिका सदस्यको लागि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच गठबन्धन भएको थियो । देवदह नगरपालिकाको कार्यपालिकामा २२ जना हुनु पर्ने भएपनि स्थानीय तहको निर्वाचनबाट १५ जना निर्वाचित भईसकेको र वाँकी रहेको ८ जनाको लागि निर्वाचन भएको हो । 

    images
    images
    images

    स्थानीय तहको निर्वाचनमा देवदह नगरपालिकामा एमालेबाट ३२ जना, नेपाली कांग्रेसबाट २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएको थियो । नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित महिला सदस्यबाट ४ जना तथा दलित र अल्पसंख्याबाट ४ जना गरी ८ जना छनोट गर्न वाँकी रहेको थियो । 

    images
    images
    images

    कार्यपालिका सदस्यको लागि एमालेले ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीले १ जना लिने गरी सहमति भएको थियो । सोही सहमति अनुसार महिला सदस्यमा एमालेका गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, र शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा एमालेका गीता भण्डारीले ५०, टिकीसरा सुनारले ५०, रुपाकुमारी ढुंगानाले ५०, लक्ष्मी विकले ५०, शान्ता भट्टराईले ५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    जसमा प्रतिस्पर्धी नेपाली काग्रेसका अन्सु निसाले २२, कमला दर्जीले २२, कृष्णमाया रानाले २२, झमकुमारी थापाले २२ मत प्राप्त गरेका छन् । 

    यसैगरी दलित तथा अल्पसंख्या तर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएका छन् । निर्वाचनमा कुमार दमाईले ५०, गोविन्द पासीले ३९ र ओमबहादुर परियारल ६२ मत प्राप्त गरि विजयी भएका हुन् । निर्वाचनमा नेपाली काग्रेसका बुद्धिप्रसाद विकले २२ र लक्ष्मणप्रसाद हरिजनले २३ मत प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद आर्चायले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।