Logo

२०८३, आश्विन ९गते


images
images

अखिल क्रान्तिकारी देवदहद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी

अखिल क्रान्तिकारी देवदहद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी

images
  • अखिल क्रान्तिकारी देवदहद्वारा क्याम्पस प्रमुखको कार्य कक्षमा तालाबन्दी
    images
    images

     देवदह । अखिल क्रान्तिकारी देवदह नगर कमिटीले देवदह आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको छ। गत जेष्ठ २३ गते विभिन्न ७ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको र आफुहरुको माग सम्बोधन नभएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका नगर अध्यक्ष शिव काफ्लेले जानकारी दिए।

    images
    images
    images

    न्युन आर्थिक स्रोत भएका विद्यार्थीले शुल्क तिर्न नसक्ने गरि मासिक शुल्क बृद्दी गरेको र भर्ना शुल्क र मासिक शुल्क तत्काल घटाउनु पर्ने, शौचालय व्यवस्थापन गर्नुपर्ने, पुस्तक तथा अध्ययन सामाग्रीको व्यवस्थापन, खेल मैदान तथा खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने लगायत माग राख्दै क्रान्तिकारीले क्याम्पस प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाएको थियो। ध्यानाकर्षण पत्रको कुनै सुनुवाइ नभएको र व्यवस्थापन तर्फ ध्यान नदिएपछि आफुहरुले तालाबन्दी गरेको अध्यक्ष काफ्लेले बताए।

    images
    images
    images

    क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिए पनि क्याम्पसको नियमित पठनपाठन र प्रथम त्रैमासिक परिक्षाका लागि कुनै किसिमको अवरोध नगरिने अध्यक्ष काफ्लेले जानकारी दिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।