देवदह । माध्यमिक शिक्षा परीक्षा (एसईई ) पछिको उपयुक्त गन्तव्य देवदहस्थित केरवानी माध्यमिक विद्यालय हुने एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । मंगलबार केरवानी माविमा आयोजित 'एसईई पछिको गन्तव्य' विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरूले सामुदायिक र नमुना विद्यालयको रुपमा परिचित केरवानी मावि ११ र १२ अध्ययनको लागि सहि गन्तव्य हुने बताएका हुन् ।
विद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्माको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले विज्ञान, व्यवस्थापन र शिक्षा तथा कृषि विज्ञानको कक्षा समेत संचालन भैरहेको केरवानी मावि देवदह मात्रै नभएर सुनवल तथा आसपासका विद्यार्थीहरूको रोजाईको विद्यालय भएको बताए । शिक्षाको गुणस्तर र विद्यालयको भौगोलिक अवस्थितिको आधारमा केरवानी मावि उपयुक्त रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका अधिकृत पदमराज भुसाल, कामना सेवा बैंकका शाखा प्रवन्धक रवि पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य विरेन्द्र पाण्डे, विद्यालयका सहायक प्रधानाध्यापकहरू निर्मल ढुंगाना र हरिप्रसाद पाण्डे, ११-१२ कोर्डिनेटर कृष्ण प्रसाद ज्ञवाली, मावि कोर्डिनेटर खेमानन्द ज्ञवाली लगायतले आफ्नै आगनको सुबिधा सम्पन्न र गुणस्तरीय शिक्षा प्रदानको केन्द्र केरवानी माविमा अध्ययन गर्दा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्तिसँगै अभिभावकलाई आर्थिक भार पनि कम पर्ने बताएका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयबाट एसईई दिएर नतिजाको पर्खाइमा रहेका ७० बढी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
हाल कक्षा ११, १२ मा करिव ३०० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा विज्ञान सङ्काय तर्फ जीवविज्ञान, गणित र कम्प्युटर, व्यवस्थापन संकाय तर्फ लेखा, अर्थशास्त्र, कम्प्युटर, विजनेस स्टडी, फाइनन्स, होटल म्यानेजमेन्ट, शिक्षा संकायतर्फ नेपाली, अंग्रेजी, स्वास्थ्य तथा शारीरिक शिक्षा, शिक्षा र विकास एवं बाली विज्ञानतर्फ प्लाण्ट साइन्सका विषयहरूको अध्यापन हुँदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology