देवदह । नेपाल औषधि व्यावसायी संघ रुपन्देही जिल्ला शाखाको बार्षिक कार्ययोजना बैठक शनिबार देवदहमा सम्पन्न भएको छ । देवदह २ स्थित एकता होटलमा सम्पन्न बैठकमा व्यवसायिक सम्बन्ध बिस्तार एवं व्यवसायिक समस्याका बिषयमा छलफल भएको जनाईएको छ ।
औषधिको क्षेत्रगत खुद्रा भेला (देवदह न पा. ) क्षेत्र जिल्ला शाखाका अध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश कार्यसमिति सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा खुद्रा तर्फका संयोजक सचिव नारायण थापा, जिल्ला शाखाका उपाध्यक्ष पदाधिकारी एबम सदस्यहरु, शाखाका कानुनी सल्लाहकार अधिबक्ता युबराज घिमिरे लगायत देवदह क्षेत्रका खुद्रा व्यवसायिहरुको उपस्थिति रहेको औषधि व्यवसायी दिपक पौडेलले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology