Logo

२०८३, श्रावण ३०गते


images
images

चौराहा-गोलपार्क सडकखण्ड भदौ मसान्तसम्म पिच गर्न विशेष अनुगमन समिति गठन 

चौराहा-गोलपार्क सडकखण्ड भदौ मसान्तसम्म पिच गर्न विशेष अनुगमन समिति गठन 

images
  • चौराहा-गोलपार्क सडकखण्ड भदौ मसान्तसम्म पिच गर्न विशेष अनुगमन समिति गठन 
    images
    images

    बुटवल । लामो समयदेखि अलपत्र परेको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक भदौ मसान्तसम्म पिच हुने भएको छ । उक्त सडक खण्डको लुम्बिनी प्रादेशिक अस्पतालदेखि गोलपार्क सम्मको सडक भदौ मसान्तसम्म पिच गर्ने र निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि अनुगमन समिति गठन गरिएको छ ।

    images
    images
    images

    सडक विस्तार आयोजनका सन्दर्भमा बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तक्रिया कार्यक्रममा सहभागीहरुबाट प्राप्त सुझावहरुलाई मध्यनजर राखी सहजिकरण समिति गठन गरिएको हो । समितिमा राजमार्ग चाैराहादेखि गोलपार्कसम्मको सडकका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिकाकाे तर्फबाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृतको टेकराज पन्थकाे संयोजकत्वमा सदस्यमा विद्युत कार्यालय बुटवलका प्रमुख, खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष र निमार्ण कम्पनीका तर्फबाट ठेकेदार सुवित श्रेष्ठ रहेका छन् ।  समिति गठन गरिएको छ ।

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिकाकाे तर्फबाट  सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा समितिको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विद्युत कार्यालय भैरहवाका प्रमुख, खानेपानी संस्थान भैरहवाका प्रमुख, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष, निर्माण कम्पनीका तर्फबाट ठेकेदार सुवित श्रेष्ठ सदस्य रहेका छन्। 

    यस्तै बेलहिया–बुटवल–गोलपार्क सडक विस्तार आयोजनाका कार्यालय प्रमुख दिपक झा सदस्य सचिव रहेका छन । समितिले ७/७ दिनमा बैठक बसी प्रगति विवरण सार्वजनिक गर्ने सहमति भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।