Logo

२०८३, श्रावण ३०गते


images
images

मोर्चा बनाएर एउटै चिन्हमा चुनाव लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव

मोर्चा बनाएर एउटै चिन्हमा चुनाव लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव

images
  • मोर्चा बनाएर एउटै चिन्हमा चुनाव लड्न प्रचण्डलाई बाबुरामको प्रस्ताव
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् ।

    images
    images
    images

    माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ ।

    images
    images
    images

    नेसपाका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका छौं,’ नेसपा स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरौंला भन्नुभएको छ ।

    images
    images
    images

    भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।