Logo

२०८३, आश्विन ९गते


images
images

मेडिकल माफियाको चंगुलबाट अस्पतालहरू मुक्त हुदैँछन् : स्वास्थ्य मन्त्री चौधरी

मेडिकल माफियाको चंगुलबाट अस्पतालहरू मुक्त हुदैँछन् : स्वास्थ्य मन्त्री चौधरी

images
  • मेडिकल माफियाको चंगुलबाट अस्पतालहरू मुक्त हुदैँछन् : स्वास्थ्य मन्त्री चौधरी
    images
    images

    देवदह । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारूले स्वास्थ्य मन्त्रालय र मातहतका अस्पतालहरू मेडिकल माफियाको चंगुलबाट मुक्त हुने बताएका छन् । बिहीवार देवदहमा आयोजित वायोमेडिकल कार्याशालाको उद्धाटन गर्दै स्वास्थ्यमन्त्री चौधरीले विदेशमा निर्मित स्वास्थ्य उपकरणहरू महंगोमा खरिद गर्ने र मेसिनमा सानो समस्या देखापरे त्यसको मर्मत गरि प्रयोग गरिनुको बदलामा मेडिकल माफियाको प्रभावमा परि नयाँ उपकरण खरिद हुने र त्यसो गर्दा करोडौं रकम विदेशिने समस्यालाई ध्यान दिंदै लुम्बिनी प्रदेश सरकारले देवदहमा प्रदेश स्तरीय आवासीय तालिम सहितको स्वास्थ्य उपकरण मर्मत केन्द्र संचालन गर्न लागेको बताएका हुन् ।

    विगतमा सरकार संचालकहरू नाफाखोरसंग मात्रै जोडिने र जनताबाट टाढा हुँदै जाने गरेको उल्लेख गर्दै उनले आफुहरू जनतासंग नजिक र नाफाखोरसंग टाढा हुँदै गएको दावी गरे । लुम्बिनी प्रदेशका जनताको उपचार लुम्बिनी प्रदेशमै होस् र समयमै आवस्यक स्वास्थ्य उपचारबाट नागरिक बन्चित हुन नपरोस् भन्ने उद्देश्य सहित सरकारले काम गर्दै आएको उनको भनाई थियो ।

    सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभाका सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरप्रमुख ध्रुब प्रसाद खरेल, पुर्व नगरप्रमुख हिरा बहादुर खत्री लगायतले देवदह आदर्श बहुमुखी क्याम्पसले महायज्ञ लगाएर संकलन गरेको रकमबाट निर्मित भवन सहित करीब ४ विगाहा जग्गाको स्वामित्व प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उल्लेख गर्दै प्रदेश सरकारको गौरबको यस आयोजनाबाट देवदह नगरवासी प्रत्यक्ष लाभान्वित हुनुपर्नेमा जोड दिंदै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

    कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह, निर्देशक डा. विनोद कुमार गिरीले भर्चुअल सम्बोधन तथा पुर्व स्वास्थ्यमन्त्री समेत रहेका विद्याधर मल्लिक एवं लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीहरू प्रत्यक्ष सम्बोधन गर्दै देवदहमा संचालित हुने बायोमेडिकल कार्याशाला लुम्बिनी प्रदेश कै गौरवको आयोजना भएको र त्यसको लागि सहयोग गरेकोमा देवदहवासीप्रति आभार व्यक्त गरेका थिए ।

    करिब  ४ विगाहा जग्गामा झन्डै १८ करोडको लागतमा पुर्वाधार निर्माण हुने यस आयोजनालाई भविष्यमा बायोमेडिकल कलेजको रुपमा संचालन गरिने छ । जहाँ चिकित्सक र नर्सको तालिम, सर्पदंशको उपचार तालिम, सिटिईभिटीबाट संचालन हुने सबै प्रकारका स्वास्थ्य तालिम तथा स्वास्थ्य सामग्री मर्मत हुने देवदह नगरपालिका र स्वास्थ्य मन्त्रालय विच लिखित सम्झौता भएको नगर प्रवक्ता गणेश डुम्रेले बताए ।

    सुरुवाती चरणमा देवदहस्थित देवदह आदर्श बहुमुखी क्याम्पसले प्राविधिक शिक्षा संचालन गर्नेगरि निर्माण सुरु गरिएको उक्त भवनमा पछि तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बरालको पालामा बायो मेडिकल कलेज संचालन गर्ने गरि आदर्श क्याम्पस र नगरपालिकाले प्रदेश सरकारलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।