Logo

२०८३, श्रावण ३०गते


images
images

दार्चुला जीप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो

दार्चुला जीप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो

images
  • दार्चुला जीप दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । चालकसहित नौँ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा एक महिलासहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिक बिष्टले जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् । मृतक रैभान र चम्फा श्रीमान श्रीमती रहेको बताइएको छ । 

    images
    images
    images

    जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुर्घटनामा परेर मालिकार्जुन गाउँपालिका–३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुङगल नगरपालिका–८ का धनबहादुर जागरी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।