कृष्ण अन्जान, गुल्मी । हिन्दु महिलाहरुको पर्व हरितालिका तिजकाे अन्तिम दिन ऋषिपन्चमीकाे अवसरमा रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक विदाकाे घाेषणा गरकाे छ ।
रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल द्दारा बुधबार जारि सुचनामा भाद्र १५ गतेकाे पालिका स्तरीय पदाधिकारी सहितको बैठककाे निर्णय अनुसार भाद्र १६ गते विहिवार ऋषिपन्चमीकाे पावन अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएकाे उल्लेख छ ।
भाद्र १६ गते पालिका भित्रका कार्यालय ,वडा कार्यालय ,शिक्षण सँस्था स्वास्थ सँस्था लगाएतका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द रहने उल्लेख छ ।
ऋषिपन्चमीमा रुरुक्षेत्र गाउँपालिकाका विभिन्न ठाउँमा पन्चमीकाे पुजा आजा गरिन्छ भने थाेर्गाकाे देउराली काेट, चौतारा, बलेटक्सारकाे लेक, ग्वादी भट्कुवा, बम्घा स्यालपाेखरी क्षेत्रमा महिलाहरू जम्मा भई नाचगान गर्ने गर्दछन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology