देवदह । हरेक बर्ष सेप्टेम्बर ५ तारिखका दिन मनाइने अन्तराष्ट्रिय स्पाइनल कर्ड इन्जरी दिवस देवदह नगरपालीकाले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । नगरपालीकाले दिवसको अवसरमा पालीकाभित्र कार्यरत कर्मचारी तथा जनप्रतिनिधीलाई स्पाइनल कर्ड इन्जरी सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
रोटरी क्लव अफ सेन्ट्रल रुपन्देही संगको संयुक्त आयोजनामा नगरपालीकाले स्पाइनल कर्ड इन्जरी संग सम्बन्धीत सचेतनामुलक कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालीकाका नगर प्रमुख धुव्र प्रसाद खरेलले देवदह नगरपालीकाले छिट्टै नगरभित्र नगर अस्पताल संचालनको तयारीमा जुटेको बताउदै स्पाइनल कर्ड इन्जरी लगायतका महत्वपुर्ण स्वास्थ्य कार्यक्रम संचालनका लागी नगरपालीका सहकार्य गर्न तयार रहेको बताए ।
उनले नगरले आम नागरीकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै नगरभित्रका जनताको स्वास्थ्यमा सहज पहुच बृद्धि गर्नको लागी नगरपालीकाले छिटै नगर अस्पतालको संचालनको तयारीमा रहेको उल्लेख गरे ।
नगरले संचालन गर्न लागको अस्पतालमा विभिन्न स्वास्थ्य सम्बन्धीत कार्यक्रम गर्नको लागी आह्वान गर्दै नगरपालीका सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै रोटरी अन्तराष्ट्रिय डिष्ट्रिक ३२९२का सर्भिस प्रोजेक्ट च्यर एजाज आलमले अन्तराष्ट्रिय स्पाइनल कर्ड इन्जरी दिवसको अवसरामा आयोजीत कार्यक्रमले समाजमा महत्वपुर्ण सन्देश दिएको बताए । उनले रोटरी अन्तराष्ट्रियले गर्ने विभिन्न कार्य अन्र्तगत जनस्वास्थ्य पनि महत्वपुर्ण क्षेत्र रहेको उल्लेख गर्दै समाजमा यस्ता किसीमका सचेतनामुलक कार्यक्रहरु संचालन गर्नू पर्नेमा जोड दिए ।
देवदह नगरपालीकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी स्पाइनल क्लवका अध्यक्ष, एव रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका पव्लिक इमेज च्यर स्पाइनल रोग बिशेषज्ञ डा योगन्द्र अग्रहरीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा देवदह नगरपालीका अन्र्तगत विभिन्न शाखामा काम गर्ने कर्मचारी तथा जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका निर्वतमान अध्यक्ष कुल बहादुर थापा लक्ष्मणको स्वागत रहेको कार्यक्रमको संचालन क्लबका सचिव विकास गौतमले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology