देवदह । एमाले निकट अनेरास्ववियु देवदह नगर कमिटीले बिरामी बोक्ने सवारी र शव वाहन सञ्चालनमा ल्याएको छ । विरामी बोक्न र शव व्यवस्थापनमा समस्या भएका कारण सवारी संञ्चालनमा ल्याइएको अनेरास्ववियुले जनाएको छ ।
उक्त शव वाहान र बिरामी बोक्ने सवारीको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालमा बेडको भन्दा पनि अक्सिजन कै समस्या भएको बताए । अक्सिजन व्यवस्थापनमा प्रदेश सरकार लागि परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले लुम्बिनी प्रदेश भित्रका जिल्लाहरुमा सञ्चालित जिल्ला अस्पताल र कोभिड अस्पतालहरुलाई बजेट व्यवस्थापन गरीएको बताए । महामारीमा रकमको अभाव नहुने बताउँदै श्रेष्ठले अहिलेको समस्या ब्यवस्थापन भएकोले स्थानिय तहसंग मिलेर संकटको सामना गर्न सबै राजनैतिक दल र संघ संस्थाहरुलाई आग्रह गरे ।
नेकपा एमाले देवदहको सहयोगमा अनेरास्ववियुद्वारा संचालित उक्त बिरामी बोक्ने सवारी र शववाहन देवदह शितलनगरस्थित कोरोना अस्थाई अस्पताल शित्तलनगरमा राखिएको छ ।
स्मरण रहोस, देवदहमा निशुल्क सवारी संचालन गर्ने नेकपा एमाले दोस्रो दल हो । बैशाख २३ गतेबाटै राप्रपा नेपाल देवदहले नि:शुल्क बिरामी बोक्ने सवारी परिचालन गर्दै आएको छ । उक्त सवारीले दैनिक २०-२५ विरामी बोकिरहेको राप्रपा देवदहले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology