राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० मा अवस्थित चरङ्गे क्षेत्रमा खुलेआम नदिजन्य पदार्थको दोहन भएको भन्दै वडा अध्यक्ष यक बहादुर सुनारले सवारी साधन नियन्त्रणमा लिएका छन। अबैध उत्खनन भएका नदिजन्य पदार्थ थुपारिएर राखिएको स्थानमा उक्त पदार्थलाई पुनः प्रयोगका लागि ठेकेदारले निकाल्दा जमिनको सतहभन्दा पनि तलबाट जमिन खनेर मिस्कट निकालेको वडा अध्यक्ष र स्थानीयको आरोप।
संचारकर्मीसंग कूरा गर्दै अध्यक्ष सुनारले ठेकेदारले मनोमानिका ढंगले नदिजन्य पदार्थ ओसारपसार गरेको, राजस्व नबुझाएको र राजस्व बुझाएको प्रमाण नभएका कारण उत्खननमा प्रयोग भएका सबै सवारी साधन नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको बताए। उनले यस बिषयमा देवदह नगरपालिकालाई जानकारी भएको र नगरपालिका मौन रहेको भन्दै आपत्ति नै जनाए ।
उत्खनन् गरिरहेका व्यवसायी विपिन विकले भने आफुले सबै प्रक्रिया पुर्याएको र राजस्व मात्र तिर्न बाँकी रहेको बताएका छन् । राजस्व तिरेर काम सुरुवात गर्न सकिँदैन भन्ने हाम्रो प्रश्नमा ठेकेदार विकले नगरपालिकाले वेवास्ता गरेकोले अहिलेको अवस्था आएको भन्दै उल्टै दुख पोखे। उनी भन्छन "हामिले नदिजन्य पदार्थको उत्खनन् गरेर स्टकमा राखेको दुई बर्ष भयो। नगरपालिकालाई राजस्व बुझाउँछौ भन्दा नगरपालिकाले वेवास्ता गर्यो र आज हामिले यो अवस्था भोग्नु परिरहेको छ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology