Logo

२०८३, श्रावण ३०गते


images
images

सुनवल नगरपालिका वडा नम्बर ७ को  सार्वजनिक सुनुवाई सम्पन्न

सुनवल नगरपालिका वडा नम्बर ७ को  सार्वजनिक सुनुवाई सम्पन्न

images
  • सुनवल नगरपालिका वडा नम्बर ७ को  सार्वजनिक सुनुवाई सम्पन्न
    images
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले आर्थिक बर्ष ०७९/०८० को ६ महिनामा सम्पादन गरेको कामको प्रभावकारीता, नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images
    images

    ११० जना वडाबासीको उपस्थितिमा सम्पन्न सर्वजनिका सुनवाई कार्यक्रममा १५ जना सहभागीले वडा कार्यालय र त्यस अन्तरगतका कार्यालयहरूले प्रवाह गरेको सेवा र कार्यक्रमबारे सुझाब सहितको जिज्ञासा राखेका थिए। सो अवसरमा वडाभित्रका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, प्रदुषण नियन्त्रण र वडा कार्यालयले योजना छनौट र कार्यान्वयन गर्दा ध्यानदिनुपर्ने विषयमा सुझाब दिएका थिए ।
     
    कार्यक्रममा बोल्दै नगरपालिकाका उप प्रमुख सुर्यप्रसाद दुबेले सुनवल नगरपालिका र त्यस अन्तरगतका वडाहरूलाई समृद्ध बनाउन सबै जनप्रतिनिधिहरूले इमान्दार प्रयास गरिरहेको बताए। सुनवल ७ को सडक र स्वास्थ्यबारे जोड दिंदै उपप्रमुख दुबेले सुनवल-७ को सडकको समस्या अन्त्य हुने र सुनवल-८ मा १५ शैयाको अस्पताल निर्माण हुने  प्रतिबद्दता व्यक्त गरे। 

    images
    images
    images

    वडाभित्र संचालित ठुला उद्योगलाई सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक काममा सहयोग गर्न र सडक निर्माणमा समेत ध्यान दिन आफुले अनुरोध गरिरहेको बताउंदै वडा अध्यक्ष नारायण प्रसाद आचार्यले नगरपालिका प्रमुख, उपप्रमुख सहितको बैठकले त्यसबारे निर्णय लिने बताए।  सुनवलका १३ वटा वडा मध्ये आफूहरू सार्वजनिक सुनुवाई गर्ने पहिलो वडा भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले वडा कार्यालयले सबै योजना तर्जुमा र कार्यान्वयन पारदर्शी गर्दै आएको र गर्ने बताए।  

    images
    images
    images

    कार्यक्रममा वडाका जनप्रतिनिधी, वडा अन्तरगतका विद्यालय, क्याम्पस, सामुदायीक बन, प्रहरी चौकी, खानेपानी, टोलविकास संस्था,  तथा विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरू र स्थानीयको उपस्थिती रहेको थियो ।

    वडा कार्यालयको आयोजना रहेको कार्यक्रमको सहजीकरण सेतोमसी डटकमले गरेको थियो।  कार्यक्रमको संचालन पत्रकार रेशम अधिकारीले गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।