Logo

२०८३, श्रावण ३०गते


images
images

एक करोड लगानीमा रेसुङ्गाको काखमा बन्यो आकर्षक मन्दिर

एक करोड लगानीमा रेसुङ्गाको काखमा बन्यो आकर्षक मन्दिर

images
  • एक करोड लगानीमा रेसुङ्गाको काखमा बन्यो आकर्षक मन्दिर
    images
    images

    गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ का सुब्बा बस्नेतकाे निजी लगानीमा रेसुङ्गाकाे काखमा आकर्षक मन्दिर निर्माण भएको छ ।  गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा धार्मिक पर्यटकीय गनतव्य निर्माण गर्न बिभिन्न संरचना निर्माण भएका छन् । संरचना निर्माण भएसँगै अन्तरिक तथा बाह्य पर्यटक अबलोकनका लागि पुग्ने गरेका छन् ।

    images
    images
    images

    कैयौं संरचना निर्माण हुँदाहुँदै पनि धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा पर्यटकिय स्थल ओझेलमा छ । तर पनि पर्यटकीय संरचना धमाधम निर्माण हुने गरेका छन् ।  केहि संरचना राज्यको लगानीमा निर्माण भएका छन् भने केहि निजि व्यक्तिले पनि निर्माण गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भँगेरि भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको छ ।
         
    धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रेसुङ्गाको काखमा गुल्मीदरवार वडानम्बर ३ निवासी सुब्बा बस्नेतले करिब १ कराेड बढी लगानीमा आकर्षक मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माण भएसँगै त्यस क्षेत्रमा पुग्ने अन्तरिक तथा बाह्य पर्यटक अबलोकनकर्ता पुग्ने गरेका छन् ।
        
    अहिले भँगारी भुवने डाँडा दारेढुङ्गा पनि  पर्यटकिय स्थलममा पुग्नेहरुको संख्या पनि बृद्धि भएको छ । पर्यटकीय पार्कसँगै निर्माण गरिएको मन्दिरले मनै लोभ्याउने दृश्य बनेको अबलोकनका लागि पुगेका लक्ष्मी थापाले बताइन् । उनले यहाँ धार्मिक महत्वसँगै पर्यटकीय हिसावले पनि राम्रो लागेको बताइन । पर्यटकीय स्थलसँगै मन्दिर पनि बनेको छ भन्ने सुनेर पहिलो पटक आएको अर्का पर्यटक दुर्गाबहादुर थापाले बताए ।
         
    ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व वेदपुराणहरुमा समेत उल्लेख छ । त्रेतायुगमा ऋषि श्रृंङ्गेश्वरको तपस्या स्थल रेसुङ्गामा भगवान श्रीराम भेटन जाने क्रममा त्यहि बाटो भएर जानेक्रममा उहाँका पाइलाहरु पछिसम्म रहेको पाइएको त्यहाँका स्थानीय बताउछन् ।

    images
    images
    images

     ती पाइलाहरुमा एकदशीमा पूजा समेत गरिने गरिन्थ्यो । पछि बाटो बिस्तारको क्रममा पाइलाहरु फुटाइएको थियो । अहिले सोहि स्थानमा एउटा व्यक्तिले निजी लगानीमा लाखौ रकम खर्चेर श्रीराम भगवानको मन्दिर निर्माण गरेका हुन् ।
         
    मन्दिर निर्माणसँगै रेसुङ्गा क्षेत्रमा तपस्या गरेका ऋषि महर्षिहरुका कलात्मक दृश्यहरु पनि निर्माण गरेर चिटिक्क पारिएको छ । मन्दिर तथा पर्यटकीय पार्क निर्माण क्षेत्र रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ । यस क्षेत्रमा निर्माण भएको मन्दिर र यसक्षेत्र रसुङ्गा क्षेत्रसँग धार्मिक महत्व जोडिएर आउछ । यहाँ धार्मिक महत्वसँगै पर्यटकीय महत्वपनि रहेकाले निजी लगानीमा मन्दिर निर्माण गरेको निर्माण कर्ता सुब्बा बस्नेतले बताए ।
         
    मन्दिर नजिकै भँगारी भुवने डाँडा ९दारेढुङ्गा० पकिनिक पर्यटकिय स्थलमा बस्नको निम्ती बिभिन्न प्रकारका बिश्राम स्थल सहितका छाताहरु, बनभोज जानेहरुको लागि पकाउने स्थलहरुसँगै अरु धेरै मनमोहक दृश्य सहितका स्थलहरु रहेका छन् । पर्यटकिय स्थलबाट जिल्लाका बिभिन्न स्थानहरुसँगै छिमेकी जिल्ला अर्घाखाँची,पाल्पा लगायत बिभिन्न स्थानहरु समेत देख्न सकिन्छ ।
         
    रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । द्वापरयुगदेखि नै सिद्धस्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर पुण्यभूमि बनेको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुङ्गा
  • # मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।