देवदह । प्रेस सेन्टर नेपाल देवदह शाखा अध्यक्षमा निर्मल थापा चयन भएका छन्। आइतबार भएको प्रेस सेन्टर देवदह शाखाको प्रथम भेलाले पत्रकार थापाको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।
नवगठित शाखाको उपाध्यक्षमा प्रदीप भट्टराई, सचिवमा धुर्ब लामिछाने, सह सचिवमा सुनिता गैरे र कोषाध्यक्षमा धनाकुमारी पन्थी रहेका छन् भने सदस्यमा खुमा थापा र भरत नेपाली चयन भएका छन्।
प्रेस सेन्टरको १९औ स्थापना दिवस पारेर आयोजित शाखा भेलामा प्रेस सेन्टर नेपाल रुपन्देहीका सचिव विष्णु पोखरेल, प्रगतिशील लेखक संघ रुपन्देही कार्यसमिति सदस्य दीपक न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
सेन्टरको देवदह शाखा गठनसंगै रुपन्देहीका १६ वटै पालिकामा शाखाहरू गठन गरिने कार्यको सुरूवात भएको सेन्टरका जिल्ला अध्यक्ष कमल रायमाझीले जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology