Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस सेन्टरको १९औं स्थापना दिवस, यस्तो छ युद्ध संवाददाता जन्माउने सेन्टरको इतिहास

प्रेस सेन्टरको १९औं स्थापना दिवस, यस्तो छ युद्ध संवाददाता जन्माउने सेन्टरको इतिहास

images
  • प्रेस सेन्टरको १९औं स्थापना दिवस, यस्तो छ युद्ध संवाददाता जन्माउने सेन्टरको इतिहास
    images
    images

    काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाएको संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए । स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपालले संघिय राजधानी काठमाडौंको माइतिघर मण्डलामा विहान प्रभातफेरी आयोजना गरेको छ भने गण्डकी प्रदेश समितिले पनि पोखरामा प्रभातफेरी आयोजना गरेको प्रदेश अध्यक्ष अर्जुन काफ्लेले जनाएका छन् ।

    images
    images
    images

    प्रेस सेन्टर नेपालको १९औँ स्थापना दिवसको अवसरमा  कर्णाली प्रदेशमा दिगो विकासमा आमसन्चार माध्यमको भुमिका विषयक अन्तरकृया कार्यक्रम  आयोजना गरिएको प्रदेश अध्यक्ष प्रतिक इच्छुकले जानकारी गराएका छन् । कार्यक्रममा  प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रीको उपस्थिति रहेको उनले बताए । कार्यक्रम आइतबार बिहान ११ बजे नेपाल पत्रकार महासङ सुर्खेतको सभाहलमा भएको छ ।

    images
    images
    images

    त्यसैगरी लुम्बिनी प्रदेशमा पनि विभिन्न कार्यक्रमहरुसहित स्थापना दिवस मनाईएको प्रदेश अध्यक्ष मानसिंह विकले जनाएका छन् । मधेश प्रदेशमा पनि रक्तदानलगायतका विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाईएको प्रदेश अध्यक्ष किरण कर्णले बताएका छन् ।

    images
    images
    images

    प्रेस सेन्टर नेपालको  दाङ जिल्ला समितिले दाङका १० ओटै पालिकामा दीप प्रज्वलन गरेको छ । दाङका १० ओटै पालिकाले दीप प्रज्वलन गरेर स्थापना दिवस मनाएको हो  । घोराहीमा सेन्टरका जिल्ला समन्वय समिति र घोराही उपमहानगरपालिका कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गरेको जिल्ला अध्यक्ष पाण्डव शर्माले जानकारी दिए  ।
     
    प्रेस सेन्टर नेपालको स्थापनाकालमा यसको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ रहेको र त्यसपछि पहिलो राष्ट्रिय भेलाबाट क्रान्तिकारी पत्रकार संघ नामाकरण गरिएको थियो । २०७३ जेठ १९ गते क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय एकता भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय गरेको थियो । त्यसपछि एमालेसहितको एकता पछि प्रेस संगठन नेपाल नामाकरण भएको संगठन पुन एमाले र माओवादी अलग अलग भएपछि प्रेस सेन्टरको रुपमा पुनस्र्थापित भएको हो ।

    संगठनको स्थापनामा महेश्वर दाहाल संस्थापक अध्यक्ष रहेका थिए भने हाल संगठनको अध्यक्ष विष्णु सापकोटा जुगल रहेका छन् ।

    यस्तो छ युद्ध संवाददाता जन्माउने प्रेस सेन्टरको इतिहास

    सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारका रुपमा क्रियाशील जनपक्षीय पत्रकारहरुको राष्ट्रिय भेला आयोजना गरियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरुको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता वोध गरायो ।

    सो भेला लगत्तै माघ १५ गते रुकुमको लाबाङमा महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भयो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धका मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरुको सहभागिता थियो ।

    दोस्रो जनआन्दोलनपश्चात् शान्ति प्रक्रियामार्फत् देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि २०६३ फागुन २९ र ३० गते संघको काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न भयो । भेलाले संगठनको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघबाट परिमार्जित गरेर क्रान्तिकारी पत्रकार संघ बनायो । सो भेलाले संघको विधान र प्रतिवेदन पारित गर्नुका साथै क। महेश्वर दाहालको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति चयन ग¥यो ।

    २०६७ फागुन १७ गते क्रान्तिकारी पत्रकार संघको केन्द्रीय एकता भेला सम्पन्न भयो । भेलाले संगठनको विधान संशोधन गर्नुका साथै १०१ सदस्यीय दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो ।

    २०७३ जेठ १९ गते क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरुको राष्ट्रिय एकता भेला बस्यो । भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय ग¥यो ।

    अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ र महासंघको निरन्तरतामै प्रेस सेन्टर नेपाल बन्यो । उक्त भेलाले गोविन्द आचार्यको संयोजकत्वमा ४९९ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्यो ।  

    भेलाले विधानलाई संघीय संरचना बमोजिम संशोधन ग¥यो । भेला पश्चात सातवटा भौगोलिक प्रदेशमा अधिवेशनमार्फत प्रेस सेन्टर नेपालको निर्वाचित कार्यसमितिहरु गठन भए । हाम्रो संगठन संघीयता अनुसार प्रादेशिक संरचनामा जाने पत्रकारहरुको पहिलो संगठन बन्यो ।

    सोही भेलाबाट पारित विधानले राज्यको पुनर्संरचनालाई बलियो बनाउने गरी संगठनको संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय ग¥यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारहरुको संगठन बनाउने पहिलो संगठन बन्यो ।

    २०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकताको महाधिवेशनले  महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवशन मानिएको छ ।

    २०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको एकताको भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रेस संगठन नेपालको एकताको प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष क। महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन ग¥यो । संगठनको सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत रहनुभयो ।

    प्रेस संगठन नेपालको प्रथम एकता भेला प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा भएको र सो भेलाबाट महेश्वर दाहाल संयोजकमा चुनिनुभएकोले उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रुपमा लिइएको छ ।

    संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले संगठनको केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी संगठनको अन्तरिम विधान पारित गर्यो । क। महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन भयो ।

    संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भयो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो । त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोश्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेल सहित १ बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सह कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गर्यो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।