Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रपतिबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

राष्ट्रपतिबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

images
  • राष्ट्रपतिबारे निर्णय लिन रास्वपाले बोलायो बैठक
    images
    images

    काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

    images
    images
    images


    राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न लागेको रास्वपा नेता दीपक बोहराले सेतोपाटीलाई बताए।

    images
    images
    images


    'अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन। दुबैतिर छलफल चलिरहेको छ,' उनले भने,'राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न सोमबार बैठक बस्दैछ।'

    images
    images
    images


    राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।  

    कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए।


    राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने सहमति गर्न शुक्रबार बसेको ८ दलको बैठकमा रास्वपालाई बोलाइएको थिएन।
    रास्वपालाई कांग्रेस, माओवादीसहित ८ दलको बैठकमा नबोलाइएकाले उसले एमालेलाई समर्थन गर्नसक्ने रास्वपाका अर्का एक नेताले बताए।
    'अहिलेसम्मको घटनाक्रम हेर्दा एमाले उम्मेदवारलाई समर्थन हुन्छ होला। तर अहिले नै यसै भन्न सकिँदैन। पार्टीले जुन निर्णय पनि गर्न सक्छ,' उनले भने।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।