Logo

२०८३, श्रावण ३०गते


images
images

धुर्कोट-७ वाग्लाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न

धुर्कोट-७ वाग्लाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न

images
  • धुर्कोट-७ वाग्लाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न
    images
    images

    गुल्मी । धुर्कोट गाउँपालिका वडा नं. ७ वाग्लाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्‍न गरेको छ । धुर्कोट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बिनियोजित बजेट तथा नीति कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा शनिबार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष  लिला  बहादुर खनालले जानकारी दिए। 

    images
    images
    images

    कार्यक्रममा वडा तथा गाउँपालिकाबाट हुने सेवा प्रवाह तथा सम्पूर्ण विकास निर्माण कार्यका सम्बन्धमा वडाबासीले आफ्ना गुनासा तथा सुझाब प्रस्तुत गरेका थिए भने उठेका जिज्ञासा तथा प्रश्नको जवाफ गाउँपालिकाको तर्फबाट उपाध्यक्ष सिता गिरी र  प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी  तथा वडाको तर्फबाट वडा अध्यक्ष लिला बहादुर खनाल  दिएका थिए। 

    images
    images
    images

    कार्यक्रममा वडा नं. ७ का जनप्रतिनिधी, वडामा क्रियाशील राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि  तथा अन्य सर्वसाधारण व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    कार्यक्रममा सहभागीलाई वडा सचिव सुवास पन्थीले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए। 

    डिजिटल पत्रिका सेतोमसीको सहजीकरणमा सम्पन्न कार्यक्रमको संचालन पत्रकार बासुदेव पोखरेलले गरेका थिए, भने व्यवस्थापन सुशील खनालले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक सुनुवाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।