Logo

२०८३, श्रावण ३०गते


images
images

धुर्कोट गाउँपालिका वडा नं. ४ र ६ को सार्वजनिक सुनुवाई सम्पन्न

धुर्कोट गाउँपालिका वडा नं. ४ र ६ को सार्वजनिक सुनुवाई सम्पन्न

images
  • धुर्कोट  गाउँपालिका वडा नं. ४ र ६ को सार्वजनिक सुनुवाई सम्पन्न
    images
    images

    सुशील खनाल, गुल्मी । धुर्कोट गाउँपलिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ र ४ को वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो । 

    images
    images
    images

    सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिका प्रमुख भुपाल पोख्रेलले जनताका सवै खालका अपेक्षा पुरा गर्ने गरी कार्यपालिकाले काम गरीरहेको जानकारी दिए । जनताबाट आएका गुनासाहरु सम्बोधन गर्नु आफ्नो कर्तब्य रहेको उल्लेख गर्दै गाउँपलिकाक्क सवै विकास योजनाहरुमा पारदर्शीता हुनुपर्ने धारणा राखे ।

    images
    images
    images

    उपभोक्ता समितिहरु मार्फत र ठेक्का मार्फत सञ्चालन हुने स्थानीय, प्रदेश र संघका सवै योजनाहरुमा पारदर्शीता र दुरदर्शीता कायम गराउन आफूले निरन्त पहल गरीरहेको पोख्रेलको भनाई छ। उनले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै आफूले पालिकाबाट मात्र नभई संघ र प्रदेश सरकारसंग समेत समन्वय गरी धुर्कोटमा योजनाहरु भित्राउनका लागि पहल गरीरहेको उल्लेख गरे ।  धुर्कोट गाउँपलिकाका उपाध्यक्ष सीता गिरि पालिकाले न्यायीक, महिला, बालबालिकाको क्षेत्रमा पलिकाले गरेको कामको बारे जानकारी दिएकी छ्न्। 

    images
    images
    images

    त्यस्तै ६ वडा अध्यक्ष कृष्ण बहादुर नेपाली, वडा नं ४ का अध्यक्ष बिरेन्द्र जोगि कुवारले वडा भित्र उठेका प्रश्नको जबाफ दिएका थिए। 

    वडा कार्यालयले आर्थिक बर्ष २०७९/८० मा सञ्चालीत योजनाहरुको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो ।

    सार्वजनिक सुनु्वाई कार्यक्रमका सहभागीहरु वडा कार्यालयबाट प्राप्त हुने सेवा तथा सुविधाहरुको सन्तुष्टि, वडामा सञ्चालित विकास योजनाहरुको अनुगमन तथा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका विषयमा प्रश्नहरु सोधेका थिए । 

    डिजिटल पत्रीका सेतोमसी डटकमको सहजीकरण सम्पन्न सार्वजनिक सुनवाई वडा कार्यालयको प्राङगणमा सम्पन्न भएको थियो । पत्रकारर रेशम अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।