गुल्मी । धुर्कोट गाउँपालिका वडा नं. ६ रजस्थमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । धुर्कोट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बिनियोजित बजेट तथा नीति कार्यक्रम र सेबा प्रवाह सम्बन्धमा आइतबार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष कृष्ण बहादुर नेपाली ले जानकारी दिए कार्यक्रममा वडा तथा गाउँपालिकाबाट हुने सेवा प्रवाह तथा सम्पूर्ण विकस निर्माण कार्यका सम्बन्धमा वडाबासी जनताले आफ्ना गुनासा तथा सुझाब प्रस्तुत गरेका थिए भने उठेका जिज्ञासा तथा प्रश्नको जवाफ गाउँपालिकाको तर्फबाट उपाध्यक्ष सिता गिरी तथा वडाको तर्फबाट वडा अध्यक्ष कृष्ण बहादुर नेपालीले दिएका थिए।
कार्यक्रममा वडा नं. ६का जनप्रतिनिधी, वडामा क्रियाशील राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सर्वसाधारण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
डिजिटल पत्रिका सेतोमसीको सहजीकरणमा सम्पन्न कार्यक्रम वडा सचीव मीन बहादुर घर्ती स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन पत्रकार बासुदेव पोखरेलले गरेका थिए भने व्यवस्थापन सुशील खनालले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology